प्रकृति पुन मगर
तुलसीपुरमा सहकारी हाकेका एउटा युवा हुन–दिपक वली । उनी युवा पुस्तामा एउटा सक्रिय ब्यक्ती हुन् । वुवा धनबहादुर वली र आमा कमला वलीका छोरा दिपक सल्यान जन्मिएका हुन् । उनले कक्षा १ देखि ४ सम्म गाउँकै जनता प्राथमिक विद्यालय खोरबारे , लोराबाङ, सल्यानमा अध्ययन गरे । वागेश्वरी भट्टेमा पनि अध्ययन गरे । कक्षा ६ देखि ८ सम्म उनले सरस्वती निमावि चौतारामा अध्ययन गरे । त्यसपछि कक्षा १० सम्म महेन्द्र मावि तुलसीपुरमा अध्ययन गरे । एसएलसी पास गरेपछि प्रमाणपत्र तह राप्ती बबई क्याम्पस र अहिले स्नातक पनि राप्ती बबई क्याम्पसबाटै गरिरहेका छन् ।
बाल्यकालका रमाइला पल
उनको वाल्यकाल पनि रमाईलै वित्यो । उनी ग्रामिण क्षेत्रमा जन्मिएाले प्रायः गाईवस्तुलाई हेर्ने(ग्वाला जाने) काम गर्थे । उनी बाल्यकालमा साथीभाइहरुसंग गुलेली लगेर चरा मार्न जान्थे । बाँसको सुपालो र थाल लिएर धामी झाँक्री बस्ने पनि गर्थे, जुन निकै रमाईलो हुन्थ्यो । ओखरको गुच्छा खेल्ने गर्थे ।
वैवाहिक अवस्था
वलीको २०६९ साल वैशाख १३ गते १७ वर्षको उमेरमा विवाह भएको थियो । बुबा खुमराज राना र आमा चन्द्री कुमारी रानाकी सपुत्री कमलासंग एरेन्ज गरेर तुलसीपुर स्थित कालिका मन्दिरमा विवाह भएको हो । त्यतिबेला वलीको जोडी अरु जोडीभन्दा कान्छो उमेरको देखिन्थ्यो । हजुरआमाले नाती–पनाती देख्ने कहरले गर्दा सानो उमेरमा विहे गर्नुपर्ने अबस्था आएको थियो ।
अनुभव
उनी छोटो समयमै धेरै अनुभव गरेका छन् । उनी उत्तरगंगा वचत तथा ऋण सहकारी संस्थाको फिल्ड कर्मचारीका रुपमा पनि काम गरेका छन् । त्यस्तै अजआस्था सहकारी संस्थाको तुलसीपुर शाखाका प्रमुख भएर काम गरे । २०७२ वैशाख २५ गते गोर्खाको स्तरपानीमा गई १५ दिन स्कुल, स्वास्थ्य चौकी, लगायतका काम पनि गरेका छन् । यो मात्रै होईन्, संगित क्षेत्रमा पिन उनको अनुभव छ । उनले १ दर्जन गीत र नाटकमा पनि अभिनय गरेका छन् ।
आवद्ध
उनी हाल स्वर्गद्धारी टोल विकास संस्थाको अध्यक्ष हुन् । त्यस्तै उनी राजनीतिक रुपमा पनि सक्रिय छन् । उनी माओवादी केन्द्रका तुलसीपुर नगर कमिटि सदस्य हुन् । वाईसियल दाङका प्रचार बिभाग प्रमुख पनि हुन् । त्यस्तै हाल उनले सयपत्री दोहोरी घर सञ्चालनमा ल्याएका छन् । उनी हाल अजम्बरी कृषि सहकारी संस्थाका अध्यक्ष पनि हुन् । उनी सञ्चार माध्याममा पनि आबद्ध छन् । दियालो अनलाईन मिडियाका प्रधान सम्पादक हुन् । त्यस्तै उनी राष्ट्रिय भूमि अधिकार मञ्च वडा नं. ५ का अध्यक्ष पनि हुन् । हाल जनश्रमिक आधारभू विद्यालयका व्यबस्थापन समितिका सदस्य पनि हुन् । उनी सामाजिक कार्यपनि रुचाउछन् ।
उनले करिब ५÷७ लाख बराबरको राहात संकलन गरेर वितरण गरेका छन् । राहात वितरण गर्न कालिकोटसम्म पुगेका छन् । उनलाई सामाजिक सेवा गर्दा निकै खुसी लाग्छ । उनले पनि जीवनमा निकै संघर्ष भने गर्नु प¥यो । जनयुद्धको समयमा उनका वुवा जेल पर्दा घरको जेठो छोरा ६ बर्षकै उमेरमा दाउरा बेच्न जाने, अर्काको लुगा धुने, होटेलमा भाँडा माझ्ने काम गरे । यसका बावजुत पनि पढाईलाई भने निरन्तरता दिए । जहाँ इच्छा त्यहाँ उपाय भनेझै उनले आफ्नो लक्ष्य प्राप्तीकालागि जस्तो सुकै कठीन अबस्थामा पनि हिम्मतका साथ अगाडी बढ्नु पर्ने उनी मान्यता राख्छन् ।(वलीसंग गरिएको कुराकानीका आधारमा तयार पारिएको सामग्री) ।
साभार : अग्रिम साप्ताहिक
लाइभदाङ । ५ आश्विन २०७८, मंगलवार ०८:५४ बजे