तुलसीपुर, ५ कात्तिक । दाङको तुलसीपुरमा ६ दिन विद्युत सेवा अबरुद्ध हुने भएको छ ।
सोमबारदेखि १० कात्तिकसम्म विद्युत सेवा अबरुद्ध हुने वितरण प्रमुख शिवनारायण गोशालीले बताए । उनका अनुसार ३३ केभी र ११ केभी फिडरहरुमा मर्मत गर्नुपर्ने भएकाले विहान ९ बजेदेखि साँझ ५ बजेसम्म अबरुद्ध हुने उनले जानकारी दिए ।
फुलवारी,बाघमारे, बालापुर, मानपुर, भमके,कपुरकोटलगायतका स्थानमा विद्युत सेवा अबरुद्ध हुने भएको हो । मर्मत कार्य सकिएमा अगावै पनि विद्युत सेवा सूचारु हुन सक्ने प्रमुख गोशालीले बताए ।
लाइभदाङ । ५ कार्तिक २०८१, सोमबार ०९:३० बजे