दाङमा सर्प महोत्सव हुँदै

दाङ, २ कात्तिक । दाङमा सर्प महोत्सव हुने भएको छ । मानिश र सर्पबीचको द्वन्द न्यूनिकरण गर्नुका साथै सर्प संरक्षणकालागि सर्प महोत्सव आयोजना गर्न लागिएको शुक्रबार दाङको तुलसीपुरमा पत्रकार सम्मेलन गरि जानकारी गराईएको छ ।

यही कात्तिक ८, ९ र १० गते तुलसीपुरको पर्यटकीय स्थल राप्ती शान्ति उद्यानमा उक्त कार्यक्रम गर्न लागिएको कार्यक्रम संयोजक प्रभात भण्डारीले जानकारी दिए । ‘हामी संरक्षणकोलागि काम गछौं।’ संस्थाको आयोजनामा सर्प महोत्सव तथा मानव र बन्यजन्तुबीच सम्बन्ध सचेतना कार्यक्रम गर्न लागिएको हो । जहाँ दाङमा पाइने विषालु र अविषालु सर्पको प्रदर्शनी हुनुकासाथै तिनको बारेमा जानकारी हुने संस्थाका अध्यक्ष सन्दिप वलीले बताए ।

सर्पले टोक्दा के गर्ने, के नगर्ने तथा जिल्लामा सर्पको टोकाईको उपचारको अबस्था, प्राथमिक उपचारलगायतका विषयमा पनि सचेतना प्रदान गरिने अध्यक्ष वलीले बताए । उनका अनुसार देशभरका सर्पका विज्ञहरु दाङ आउनेछन् ।


पछिल्लो समय सर्प नचिन्दा मानिशले सर्पलाई मार्ने गरेका छन् । जसले सर्प लोप हुने अबस्थामा छ । सर्प लोप हुँदा पर्यावरणमा निकै असर हुने भन्दै सर्प संरक्षण गर्नु अहिलेको आबश्यकता रहेको समेत उनको भनाई छ । सर्पको पहिचान भएमा मानिश र सर्पबीच द्वन्द कम हुने र सर्प संरक्षण हुने उनले बताए ।

कार्यक्रममा दाङको तुलसीपुर उपमहानगरपालिका, दंगीशरण र शान्तिनगर गाउँपालिकाका २० हजार बढिलाई सचेतना प्रदान गर्ने लक्ष्य राखिएको छ । सर्पसंगै अन्य बन्यजन्तुका बारेमा पनि जानकारी दिइनेछ । लोपन्मुख बन्यजन्तु संरक्षण गर्नकालागि यस्ता कार्यक्रमले भूमिका खेल्ने उनको भनाई छ । दाङमा करिब १५ प्रजातिका सर्प रहेको अनुमान गरिएको छ ।

ति मध्ये ७ प्रजातिका सर्प विशालु भेटिएका छन् । अध्यक्ष वलीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष बसन्त सुवेदीले स्वागत मन्तब्य ब्यक्त गरेका थिए, भने सहजीकरण सचिब गरीमा डाँगीले गरेकी थिइन ।