दाङमा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु

दाङ, २ कात्तिक ।
दाङको बंगलाचुली गाउँपालिका टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा गढवा गाउँपालिका वडा नं.७ निवासी प्रभु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता ईश्वर थापाले बताए ।


चुनढुँगा लिउन जान लगेको टिपर घोराही–तापा सडक खण्ड अन्तर्गत जुम्लेपानीमा रा १ ख १८५७ नम्बरको टिपर दुर्घटना भएको हो। विहीबार राति सडक देखि करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।