माओवादी केन्द्र तुलसीपुर ५ र ६ द्वारा प्रशिक्षण आयोजना

तुलसीपुुर,३१ वैशाख ।
नेकपा माओवादी केन्द्र तुलसीपुर ५ र ६ को आयोजनामा प्रशिक्षण कार्यक्रम हुने भएको छ ।

जेठ ६ गते प्रशिक्षण कार्यक्रम आयोजना गरिएको पार्टीका तुलसीपुर ५ का अध्यक्ष बेदप्रसाद वलीले बताए । उनका अनुसार तुलसीपुर ५ नयाँ बसपार्क स्थित प्रगतिशिल टोल विकास संस्थाको हलमा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो ।


पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका मन्त्री धनबहादुर मास्की(राजेश)लगायतका नेताहरुले प्रशिक्षण दिनेछन् । विहान १० बजेदेखि प्रशिक्षण कार्यक्रम सुरु हुनेछ । सोही कार्यक्रममा सहभागिताकालागि सम्पूणर् पार्टीका नेता तथा कार्यकर्ताहरुलाई अनुरोध गरिएको छ ।