तुलसीपुर, २२ असोज । दाङको शान्तिनगर गाउँपालिका वडा नं. १ को भवन निर्माणकालागि जग्गा दान गर्ने दाता टेकबहादुर खड्काको निधनप्रति वडाले शोक प्रस्ताब पारित गरेको छ ।
वडाध्यक्ष जंगबहादुर पुनको अध्यक्षतामा बसेको बैठकले १५ असोजमा ८० बर्षमा भएको निधनले वडा परिवारलाई दुःखी बनाएको भन्दै शोक प्रस्ताब पारित गरिएको हो । सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
खडका कर्मचारी बेलमति वलीका वुवा समेत हुन् । उनले वडा नयाँ बस्तिमा वडा कार्यालय निर्माणकालागि जग्गा दान गरेका थिए ।
लाइभदाङ । २१ आश्विन २०८१, सोमबार २२:३९ बजे