दिर्घरोगिहरुलाई नि:शुल्क औषधि वितरण गर्दै दंगीशरण गाउँपालिका 

प्रमोद आचार्य 
दंगीशरण, २५ साउन ।
दंगीशरण गाउँपालिकाले आफ्नो पालिकाभित्र रहेका दिर्घ रोगिहरुलाई नि:शुल्क औषधि वितरण गरेकोछ । बुधबार  एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष शम्भु गिरीले बाचुन्जेल औषधि नियमित सेवन गरीरहनु पर्ने बिरामीहरुका लागी नि:शुल्क औषधि वितरण गर्नुभएको हो  ।
गाउँपालिकाले यस अगाडी औषधि खरीदका लागी कोटेसन दिइदै आएको प्रणालिलाइ अन्त्य गर्दै इभिडिङ प्रणालिमा औषधि खरीद प्रणालिको शुरुवात गरे सङ्गै बच्न आएको रकम वाट दिर्घ रोगिहरुलाई नि:शुल्क औषधि वितरण गरीएको पालिका अध्यक्ष शम्भु गिरीले बताउनुभयो ।
अब निरन्तर रुपमा गाउँपालिकाभित्र बसोबास गर्ने  जस्ले बाचुन्जेल औषधि सेवन गरीरहेकाछन त्यस्ता नागरीकहरुका लागी आर्थिक रुपमा केहि राहात हवस भन्ने उदेश्यले आफुहरुले दिर्घ रोगिहरुलाई नि:शुल्क औषधि वितरण गर्ने लक्ष्य अनुरुप अगाडी बढेको पालिका अध्यक्ष गिरीले बताउनुभयो ।
पालिकाले यस अगाडी सुचना जारी गर्दै आफ्नो गाउँपालिकाभित्र बसोबास गर्ने नागरिकहरुका लागी आफुहरुले सेवन गर्ने औषधिको माग आवेदन तथा टिपोट गरेका औषधिहरु खरीद गरी बुधबार वितरण गरीएको जानकारी गराउनुभयो ।
पछिल्लो समय धेरै जसो नागरिकहरुमा देखीने दिर्घरोगहरु जस्तै प्रेसर ,सुगर, थाइराइड, मानसिक रोग, दम जस्ता रोगरुको लागी टिपोट गरीएका औषधिहरु मागको आधारमा वितरण गरीएकोथियो ।
औषधि वितरण कार्यक्रममा बोल्दै पालिका अध्यक्ष शम्भु गिरीले आफुहरु निर्वाचित भएर आइसकेपछि जनताले कर तिरेर आएको बजेटको सदुपयोग गर्न र गाउँपालिकामा हुने फजुल खर्च कटौती गर्दै मितब्ययीताको जग बसाल्न लागीपरेको बताउनुभयो ।भौतीकपुर्वाधार सङ्गै मानविय विकासलाई विशेष प्राथमिकतामा राखि आफुहरु अगाडी बढेको बताउने गिरीले आफुहरु बिसुद्द जनताको सेवाका लागी चुनाब जितेर आएकाले सदैब जनताको सेवामा लागीरहने बताउनुभयो ।  स्वास्थ्य साखा दंगीशरणका प्रमुख राजेन्द्र हमालको स्वागत मन्तब्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण जनस्वास्थ्य निरीक्षक प्रदिप योगीले गर्नुभएकोथियो ।