तुलसीपुर, २० असोज । दाङको तुलसीपुरमा यात्रुबहाक हाईस दुर्घटना भएर घर भित्र छिरेको छ ।
तुलसीपुरबाट रुकुम पश्चिमतर्फ जादै गरेको बा.प्र. ०३–००१ ज ७७२ नम्बरको चालकसहित ९ जना चढेको हाइस तुलसीपुर–७ डाँडापातुमा अनियन्त्रित भएर सडक नजिकैको घरमा ठोक्किएको हो ।
आईतबार बिहान ७ बजेतिर उक्त हाइस दुर्घटना हुँदा हाइस चालक रुकुम पश्चिमको मुसिकोट नगरपालिका–४ का २५ वर्षीय कुमार सन्यासी, हाइसमा सवार सल्यानको सारदा नगरपालिका–७ बस्ने २४ वर्षीया कल्पना चलाउने, उहाँकी ८ बर्षीया छोरी निर्मला चलाउने, बागचौर नगरपालिका–की २७ वर्षीया सपना चलाउने, सोही घरमा भाडामा बस्ने १२ वर्षीय रणविर नेपाली र जाजरकोटको भेरी नगरपालिका–४ घरभई जिल्ला प्रहरी कार्यालय सल्यानमा कार्यरत प्रहरी बरिष्ठ हवल्दार ३९ वर्षीय दुर्गा बहादुर बिक घाइते भएका हुन् ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।
लाइभदाङ । २० आश्विन २०८१, आईतवार १०:३५ बजे