अमेरिका हिडेका तुलसीपुरका साहिलको पेरुमा मृत्यु

तुलसीपुुर
२१ मंसिर / तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ गोटीखोला निवासी २२ बर्षीय साहिल बोहरा अमेरिका जान भनि घरबाट हिडेका थिए । अमेरिकाकै यात्राको क्रममा उनी सोमबार पेरुमा एक्कासी बेहोस भए ।

पैदल हिडिरहेको अबस्थामा बेहोस भएका उनलाई संगै यात्रा गरिरहेका साथीहरुले अस्पताल पु¥याए लगतै चिकित्सकले मृत घोषणा गरेका थिए । पारिवारिक स्रोतका अनुसार बोहराको शव अस्पतालमै रहेको छ ।


उनको शवलाई घर कसरी ल्याउने भन्ने तनाब रहेको परिवारले बताएका छन् । उनको शव ल्याउनकालागि ब्राजिलको दुताबासलाई पत्राचार गरेका छन् । उनको अमेरिका पुग्ने रहर बाटोमै तुहिएको छ । घरको एक्ला छोरा समेत रहेका उनले डेढ बर्ष अघि मात्रै विहे गरेका थिए ।