श्रीमतीसंग विवाद : आफ्नै घरमा आगो

तुलसीपुर, ११ असार । तुलसीपुरमा घरायसी विवाद भएपछि एक व्यक्तिले आफ्नै घरमा आगो लगाएका छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ तोप्पापानीका ६० वर्षका मनु दमाइले श्रीमतिसंगको विवाद भएपछि ४ कोठा भएको २ तले कच्ची घरमा आगो लगाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले बताए । मंगलबार अपरान्ह ४ बजेतिर घरमा आगो लगाउँदा घरमा क्षति भएको छ ।


आगो लगाउने दमाईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।