सुख्खा पहिरोले राप्ती लोकमार्ग अबरुद्ध

तुलसीपुर, १७ असोज । सुख्खा पहिरोले राप्ती लोकमार्ग अन्तर्गत दाङ–सल्यान खण्ड अबरुद्ध भएको छ ।

विहीबार विहान सवा ९ बजेतिर सुख्खा पहिरोले लोकमार्ग अबरुद्ध भएको हो ।

तुलसीपुर उपमहानगरपालिका वडा नं.३ श्रीखोलामा माथिबाट सुख्खा पहिरो आउँदा सडक अबरुद्ध भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले बताउनुभयो ।


उहाँका अनुसार अहिले पहिरो हटाउने कार्य भइरहेको छ ।