तुलसीपुरमा ब्राउन सुगरसहित दुईजना पक्राउ

तुलसीपुर
२१ मंसिर / तुलसीपुरमा ब्राउन सुगरसहित दुईजनालाई पक्राउ गरिएको छ ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालका अनुसार ४३० मिलीग्राम ब्राउनसुगर सहित तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ सिततलपुर निबासी २२ बर्षीय सुभाष केसी र तुलसीपुर–६ निबासी १८ बर्षीय सविन भन्ने खिमबहादुर केसी रहेका छन् ।


उनीहरुलाई आज दिउसो १ बजेतिर तुलसीपुर –१३ बखरियाको चौरबाट पक्राउ गरिएको हो ।