काठमाडौं, १२ असोज ।
मुसलधारे वर्षासँगै आएको बाढीपहिरोका कारण देशभर जनधनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीको तथ्याङ्कअनुसार अहिलेसम्म देशभर कम्तीमा ५० जनाको मृत्यु भएको छ । काठमाडौं उपत्यकामा मात्रै ३२ जनाको मृत्यु भएको छ ।
काठमाडौंमा ११, ललितपुरमा १६, भक्तपुरमा ५, काभ्रेमा ६, मकवानपुरमा ३ जना, पाँचथरमा ५, सिन्धपाल्चोकमा २, धनकुटामा २, सिन्धुली, झापा र धादिङमा १–१ जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार बाढीपहिरो तथा डुबानमा परी काठमाडौं उपत्यकामा मात्रै ३२ जनाको मृत्यु भएको छ भने १२ जना बेपत्ता भएका छन् । काठमाडौं उपत्यकामा बाढीमा फसेका एक हजार ५३ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार देशभर ४४ जिल्लामा बाढी, पहिरो, डुबान र कटानले क्षति पुर्याएको छ । बाढीपहिरोमा परेर केही घाइते भएका छन् । कम्तीमा १५ जना हराइरहेका छन् ।
लाइभदाङ । १२ आश्विन २०८१, शनिबार १७:०६ बजे