दंगीशरणबाट ३५ बढि माओवादी केन्द्रमा प्रवेश

तुलसीपुर, १६ मंसिर । 
दाङको दंगीशरण गाउँपालिकाबाट ३५ जना बढि माओवादी केन्द्रमा प्रवेश गरेका छन् । वडा नं. ७ स्थित रजपलमा आयोजित कार्यक्रमबाट ३५ जना बढि माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

एमाले र काँग्रेससहित विभिन्न पार्टी परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । नव प्रवेशीहरूलाई पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले स्वागत गरेका हुन् । नव प्रवेशीहरूले पश्चिम दाङमा मास्कीले अहिले ल्याएको विकासले नै आफूहरू प्रभावित भएको बताएका छन् । पश्चिम दाङमा विकास गर्ने अन्य नेताको विकल्प नभएको भन्दै सबैले मास्कीलाई सहयोग गर्ने बताएका थिए ।


त्यस अवसरमा मन्त्री मास्कीले पश्चिम दाङ अब बिकट र कर्णाली नरहने भन्दै यसमा सहयोग सबैमा अनुरोध समेत गरे । उनले पश्चिम दाङको विकासकालागि जनताको साथ चाहिने बताए । जनतासंग माओवादी विशेष रूपान्तरण अभियान अन्तरगत आयोजित कार्यक्रममा नवप्रवेशिलाई स्वागत गरिएको हो ।