डिजिटल साक्षरताको अपरीहारर्यता : अध्यक्ष गिरी

oplus_0

दंगीशरण, ८ असोज ।
अहिलेको समय डिजिटल युगको समय रहेकाले डिजिटल साक्षरताको अपरीहारर्यता रहेको दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले बताएका छन् । समय र आर्थिक सदुपयोग गरी घरमैबसि डिजिटल र वित्तिय शिक्षाको फाइदालिनुपर्ने अध्यक्ष गिरीको भनाइ छ ।

अहिलेको समयमा योग्यतामात्र हासिल गरेर मात्र नभइ डिजिटल साक्षर हुनु ठुलो कुरा रहेको बताए । जर्सि ओभरसिजको आर्थिक सहयोग,डिप्रोक्स नेपाल र प्रेक्टिकल एक्सनद्वरा संचालित समुन्नति डिजिटल फाइनान्सको माध्यमबाट महिला कृषक सशक्तीकरण परियोजनाको तेस्रो चरणको वित्तिय शिक्षा र डिजिटल साक्षरता सम्बन्धि तालिमको समापन अवसरमा अध्यक्ष गिरीले यस्तो बताएकाहुन । दंगीशरण गाउँपालिकाका ३,४,५ र ६ नम्बर वडाका १९ वटा समुहमा संचालित परीयिजनाले सोमबार सामुहिक रुपामा समापन कार्यक्रम गरिएको थियो ।

समापन अवसरमा बोल्दै समुन्नति परीयोजनाका संयोजक अमित दुवाडीले दंगीशरण गाउँपालिकमा रहेर तेस्रो चरणसम्म आइपुग्दा त्यहाँका दलित,बिपन्न बर्गका महिलाहरु डिजिटल साक्षर भएकोदेख्दा आफु निकै हर्षित भएको बताए ।अहिलेको समय डिजिटलको समय रहेकाले आफुहरुको ग्रामीण दुरदराजका महिलाहरुलाई डिजिट साक्षर बनाउने प्रमुख उदेस्यरहेको सयोजक दुवाडीले बताए ।

यस्तै प्रेक्टिकल एक्सनका कार्यक्रम अधिकृत शिवलाल शर्माले सिकेको कुरालाइ पुर्णरुपमा व्यबहारमा लागु गरीदिन सहभागीहरुलाई आग्रह गरे ।आफुले कामगर्ने क्रममा केहि समस्या भए नजिकै टोलछिमेकमा रहेका प्रशिक्षकहरुको सहयोग लिनसकिने बतए । सिकेको कुरालाई दैनिक रुपमा प्रयोगमा ल्यायमात्र सिकेको सिपमा वृद्धिहुने उनको भनाइथियो ।


कार्यक्रमम बोल्ने अधिकांश सहभागी बक्ताहरुले समय सान्दर्भिक कार्यक्रमरहेको र मिल्छ भने आगामि दिनमा पछाडि परेका महिला दिदिबहिनीको लागि अझै यस्तै कार्यक्रम थपिदिन आग्रहगरे ।अहिलेको बिधुतिय डिजिटलको समयमा घरमैबसि हरेक बिलतिर्न सानो ब्यबसायगर्न,मोबाइल वालेट,मोबाइल बैंक चलाउन, बचतगर्न र खर्च घटाउन लगायतका थुप्रै कुराहरु सिकेको बताए । सहभागीले बित्तीय कक्षामा सहभगि भएपछी जियो कृषि एपको माध्यमबाट बजार भाउ बुझ्न, मौसमबारे जानकारीलिन, बालिनालिमा लागेको रोगको समाधान, लगायत हरेककुरा मोबाइलको माध्यमबाट गर्नसक्ने भएकोप्रती समुन्नति परीयोजनाप्रती धन्यवाद ब्यक्त गरेका थिए ।

समापन कार्यक्रममा कृषिबिकाश साखप्रमुख शरु भुषाल,वडा नं. ३ का वडा अध्यक्ष शुकलाल चौधरी,वडा नं. ५ का वडा अध्यक्ष निरज बस्नेत,वडा नं. ६ का वडा अध्यक्ष रोशनजंग शाह लगायतले आ–आफ्नोभनाइ राखेका थिए ।

समापन कार्यक्रम समुन्नति परीयोजनाका सयोजक अमित दुवाडीको अध्यक्षता,दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरी प्रमुख आथित्यता,तथा प्रेक्टिकल एक्सनका शिवलाल शर्माको बिशिस्ट आथित्यतामा भएकोथियो ।कार्यक्रमको सहजीकरण समुन्नति परीयोजनाकी दंगीशरण शान्तीनगर सयोजक कल्पना खड्काले गरेकिथिइन ।