घट्दो व्यवसायप्रति सरकारको चासो हुनुपर्छ

पछिल्लो समय ब्यापार व्यवसाय ठप्प छ । धेरै सटरहरु बन्द हुने अबस्थामा छन्, भने चलिरहेका घरेलु तथा साना उद्योगहरुलाई पनि भाडा तिर्न धौ–धौ हुने गरेको छ । आफ्नै घरमा चलिरहेकाहरु मात्रै चलिरहेको अबस्था छ । ठूला–ठूला शहरका कोठाहरु समेत भाडामा जान सक्ने अबस्था छैन । त्यसले गर्दा आर्थिक रुपमा प्रत्यक्ष असर गरिरहेको छ ।

कोरोना पछि यसरी व्यवसाय ठप्प हुने अबस्थामा छन् । कोरोना भन्दा अघि चलेको ब्यापारले कोरोना पछि अगाडी बढ्न सकेन । अर्को तर्फ रोजगारकालागि विदेश जाने क्रम पनि बढिरहेको छ । त्यसले गर्दा पनि विगतजसरी व्यवसाय चल्न सकेको छैन । लुम्बिनी प्रदेशमा मात्रै चार हजार बढि घरेलु तथा साना उद्योगहरु बन्द भएका छन् । यो गएको आर्थिक वर्षको तथ्यांक हो । यसरी पछिल्लो समय उद्योगहरु बन्द हुँदा प्रत्येक्ष रुपमा रोजगारको पनि शंकट परिरहेको छ । चार हजार उद्योग बन्द हुँदा १२ हजार बढिको रोजगार गुमेको छ ।


उत्पादित बस्तुको बजारिकरण नहुँने तथा बारीमा कुहाउनु पर्ने अबस्था छ । त्यसले गर्दा पनि व्यवसायी पलायन हुने अबस्थामा छ । व्यवसायी पलायन हुँदा आर्थिक गतिविधि कमजोर हुँदै जान्छ । आर्थिक गतिविधि कम्जोर हुँदा आर्थिक शंकट हुन जान्छ । यसमा सरकार चनाखो हुनुपर्छ । सरकारले ब्यबसायीहरुको सुरक्षा हुने गरि नीति निर्माण गर्नुपर्छ । वास्तविक व्यवसायीहरु मारमा पर्ने, कागजी व्यवसायहरुले अनुदान पाउने जस्ता कुराहरुले पनि बास्तविक ब्यबसायीहरु मारमा पर्ने र पलायन हुने अबस्था छ । यो अहिलेको अपरिहार्य पनि हो । तीनै तहका सरकारले यो विषयमा गम्भीर हुनुपर्छ । साभारः अग्रिम साप्ताहिक