तुलसीपुरको ‘ङ’लाईनमा आगलागी हुँदा दुई परिवारका ५ जनाको मृत्यु भयो । यो निकै हृदयविदारक घटना हो । आगो दनदनी बलिहरहेको हुन्छ, भित्र मान्छेहरु गुहार मागिरहेका हुन्छन्, तर बाहिरबाट मान्छे रमिता हेर्नुको विकलप हुँदैन । किनकी हामीसंगै आवश्यक सामग्रीको निकै अभाब छ । आबश्यक स्रोत साधनकै अभाबले गर्दा पनि तुलसीपुरमा यसरी आगलागीबाट ५ जनाको मृत्यु भयो । आगलागी राति साढे १२ बजेतिर भएको थियो । तर, विहान ८ बजेतिर मात्रै आगलागी नियन्त्रणमा आयो । त्यो आगो नियन्त्रण गर्न झण्डै ९ घण्टा लाग्यो । मानवीय र आर्थिक क्षति धेरै भयो । वरपरको घरलाई भने त्यति क्षति पु¥याउन पाएन ।
तुलसीपुर उपमहानगरपालिकाको एउटा दमकल छ । त्यो पनि पूर्व तयारी अबस्थामा थिएनन् । जब आगलागी भयो, त्यसपछि पानी खोज्न दौडिएको थियो । घोराहीबाट पनि दमकल बोलाईयो । त्यसपछि केही समयमा ३÷४ वटा ट्याङकर पनि मगाईयो । तर, पनि समयमा उनीहरुले आगो नियन्त्रणमा लिन सकेनन् । जुतामा लागेको आगो निभाउन अलि गाह्रो हुनु स्वभाबिक नै भयो । तर, हाम्रो पूर्वतयारी पनि नहुँनु विडम्बना हो । विपत कति बेला आउछ थाहा हुँदैन । विपतकै लागि भनेर दमकल ल्याईएको हो । कतिबेला आगो लाग्ला र, पानी भर्न जाउँला जसरी दमकल राखिनु कत्तिको सान्दर्भिकता होला । आगलागी भएको थाहा हुँनै वित्तिकै झट्टै अगो निभाउन जानु पर्ने दमकलमा पानी नहुँदा पानी खोज्न दौडिनु पर्ने अबस्थाले विपत पूर्व तयारीको अबस्था कस्तो रहेछ, भन्ने कुराको पुष्टि गर्छ । घरहरु सटाएर निर्माण गरिएको छ । यसले गर्दा एक घरमा आगलागी भयो भने अर्को घरमा पनि क्षति गर्न सक्छ । त्यति मात्रै होइन्, आगो नियन्त्रण गर्न पनि निकै गाह्रो हुने अबस्था सिर्जना हुने गरेको छ । यसलाई पनि नीतिगत रुपमा सुधार गर्न आबश्यक छ ।
सर्वप्रथम हामीले विपतलाई अलि गहिरिएर बुझ्नु पर्ने देखिन्छ । विपद आएपछि तयारी गर्ने होईन्, विपद पूर्व नै तयारी हुनुपर्छ, भन्ने खालको बुझाई र त्यो अनुसारको तयारी भएन भने त्यसले कहिल्यै पनि सकारात्मक परिणाम दिदैन, भन्ने कुरा यो आगलागी र त्यसले पारेको क्षतिले प्रष्ट पारेको छ । अब पनि यसर्ला नजर अन्दाज गरियो भने भबिष्यमा पनि यस्ता घटना नदोहोरिएलान् भन्न सकिदैन । त्यसैले यसबाट पाठ सिकेर आगामी दिनमा यस्ता घटनालाई दोहोरिन नदिन सम्बन्धित निकाय चनाखो बन्नुपर्छ । साभारः अग्रिम साप्ताहिक
लाइभदाङ । ५ फाल्गुन २०७८, बिहीबार १०:११ बजे