ट्रक र टिप्पर ठोक्किदा लमही-घाेराही सडक अवरुद्ध

दाङ-लमही-घाेराही सडक खण्ड अवरुद्ध भएको छ ।

घाेराही उपमहानगरपालिका-३ मुसाेट खाेला उकालाेमा सिमेन्ट उद्योगकाे खरानी बाेकेकाे ट्रक र टिप्पर एक आपसमा ठक्कर खाँदा सडक अवरुद्ध भएको हाे ।

रा १ क १३४८ नम्बरकाे ट्रक र बा ७ त ५६७५ नम्बरकाे टिप्पर ठाेक्किदा बाटाे अवरुद्ध भएको छ । लमहीबाट घाेराही जाने सवारीसाधन र घाेराहीबाट लमही आउने सवारीसाधन विचमा अलपत्र परेका छन ।


अवरुद्ध सडक खुलाउने बिषयमा घटनास्थलमा प्रहरी परिचालन भएको छ ।

No description available.