बक्तृत्वकलामा मावि सिमसुन्दरकी छात्रा प्रथम

तुलसीपुर, ३ असोज । बक्तृत्वकलामा दाङको शान्तिनगर गाउँपालिका वडा नं. २ स्थित जनकल्यान मावि सिमसुन्दरपुरकी छात्रा प्रथम भएकी छन् ।

संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ को अवसरमा शान्तिनगर गाउँपालिकाल आयोजना गरेको प्रतियोगितामा विद्यार्थी साधना खड्काले प्रथम स्थान हाँसिल गरेकी हुन् ।

अन्तर माध्यामिक विद्यालय स्तरीय प्रतियोगितामा उनी प्रथम भएकी हुन् । ‘नेपालको संविधान र संघीयताको अभ्यास’ शीर्षकमा बक्तृत्वकला प्रतियोगिता भएको थियो ।

साथै शिक्षक संघ दाङले आयोजना गरेको बक्तृत्वकलामा पनि सोही विद्यालयकी छात्रा राधिका जैसी तृतिय भएकी छन् । जुन प्रतियोगितामा तुलसीपुर, शान्तिनगर, दंगीशरण र बबईका विद्यार्थीहरु सहभागि थिए ।

शिक्षकहरुको मेहनत ,अबिभाबकको साथ तथा बिद्यार्थीहरुको मेहनतको परिणाम विस्तारै देखिदै गएको विद्यालयका प्रधानाध्यापक निमबहादुर केसीले बताए ।

सामुदायिक विद्यालय पनि सक्षम छन्, भन्ने उदाहरण दिन आफूहरु लागि परेको समेत केसीको भनाई छ ।


 

र,यो पनि 

दाङ शान्तिनगरको मावि सिमसुन्दरपुर देशकै तृतिय