दाङ शान्तिनगरको मावि सिमसुन्दरपुर देशकै तृतिय

तुलसीपुर, ३ असोज । दाङको शान्तिनगर गाउँपालिका वडा नं. २ स्थित जनकल्यान माध्यामिक विद्यालय सिमसुन्दरपुर शिक्षा पुरस्कार प्राप्त गरेको छ ।

सामुदायिक विद्यालयहरु मध्ये माध्यामिक शिक्षा परीक्षामा देशभरमै तृतिय हुन सफल भएको भन्दै पुरस्कृत गरिएको हो । उक्त विद्यालयलाई राष्ट्रिय शिक्षा दिवस २०८१ को अवसरमा विहीबार एक लाख पुरस्कार सहित पुरस्कृत गरिएको हो ।

शैक्षिक सत्र २०८० मा ल्याएको नतिजाका आधारमा एक लाख पुरस्कार, शिल्ड, ध्वजा, प्रमाणपत्र प्रदान गरिएको हो । पालिका अध्यक्ष प्रमोद बस्नेत र विद्यालयका प्रधानाध्यापक निमबहादुर केसीलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।


प्रधानमन्त्री केपी शर्मा वलीले पुरस्कार वितरण गरेका हुन् । शिक्षक, विद्यार्थी र अभिभावकको लगाबले नै विद्यालयले यो उपलब्धी हाँसिल गर्न सफल भएको प्रअ केसीले बताए ।

यसमा सहयोग गर्ने सबैमा धन्यवाद समेत दिए । यो उपलब्धीले अझै हौसला प्रदान गर्ने र यसलाई अझै सुधार गर्ने उनको भनाई छ ।