स्टान रोल्पाद्वारा बिज्ञान दिवसमा कार्यक्रम

रोल्पा,१ असोज । ” बिज्ञान तथा प्रबिधि: बिकास र उत्पादनमा वृद्धि” भन्ने मुल नाराका साथ १२औं रास्ट्रिय बिज्ञान दिवस बिज्ञान शिक्षक समाज नेपाल(स्टान) रोल्पाले विभिन्न कार्यक्रम गरि  मनाएको छ।

 स्टान सुनिलस्मृतीले सुनिलस्मृति गाउँपालिकासङ्ग सहकार्य गरि पालिका स्तरीय मा.बि. तथा आधारभूत तह स्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ। उक्त कार्यक्रममा २५ बिद्यालयका विद्यार्थीहरुको सहभागीता भएको थियो । प्रतियोगितामा मा.बि. तर्फ प्रथम: ज्ञान मन्दीरकि करुणा जिएम, द्वितीय: चन्द्र प्रभा माबीका गोबिन्द बिष्ट र तृतीय त्रिपुरेश्वरी माबीकि अरुणा सुनारले हासिल गरेकी छन् ।

आधारभुत तर्फ प्रथम: बालबोध आ.बि.का सुनिल थापा, द्वितीय: ज्ञान मन्दिरकि बबिता महरा र तृतीय स्थान: हृदयश्वरीकि अमृता गिरिले हासिल गरेकी थिइन ।  कार्यक्रममा सुनिलस्मृती गाउँपालिका रोल्पाका अध्यक्ष मणिराम बुढाथोकी, उपाध्यक्ष मिना थापा, स्टान रोल्पा जिल्ला अध्यक्ष नेत्रलाल भट्टराई (नारायण), शिक्षा अधिकृत यादव के.सि., स्टान सुनिलस्मृति अध्यक्ष देबेन्द्र सिह पुनले सुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।


यसैगरी स्टान रुन्टिगढी पालिकाले पनि पालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता र चित्रकला प्रतियोगिता आयोजना गरेको छ। पालिका भरिका करिब २२ बिद्यालय सहभागी प्रतियोगितामा मा.बि. तर्फ प्रथम: रास्ट्रिय मा.बि. रिङबोटका ओम प्रकाश गिरी, दोस्रोमा: जनकल्याण माबी सर्पालका अन्जना परियार, तृतीय: भिमसेन माबी सैबाङकि हिरा घर्ती र सान्त्वना स्थान प्राप्त गर्न सफल: नेपाल रास्ट्रिय मा.बि. का सिजन रोका रहेका थिए । त्यस्तै आधारभुत तर्फको चित्रकला प्रतियोगितामा प्रथम: भिमसेन माबी सैबाङका सुबास दसौदी, दित्तिय स्थान प्राप्त गर्न सफल: सरस्वती माबी सखीका प्रशान्त बि.क, तृतीय स्थान प्राप्त गर्न सफल: सरस्वती माबी सनिमका अनिल बुढाथोकी तथा सान्त्वना स्थान प्राप्त गर्न सफल: जनकल्याण माबी सर्पालका कुसल बि.क.ले प्राप्त गर्न सफल भएका थिए ।

यस अवसरमा स्टान रुन्टिगढी गाउँपालिका अध्यक्ष, पालिका उपाध्यक्ष लगाएतले सुभकामना व्यक्त गरेका थिए ।  १२औं बिज्ञान दिवसका अवसरमा रोल्पा जिल्लाका विभिन्न पालिका तथा करिब ९२ बिद्यालयमा विभिन्न कार्यक्रम गरि बिज्ञान दिवसलाई भब्य तरिकाले मनाइएको जानकारी स्टान रोल्पा जिल्ला अध्यक्ष नेत्रलाल भट्टराई(नारायण) दिए ।