
तुलसीपुर, २१ जेठ ।
दाङ तुलसीपुरमा मोटरसाइकलकाे ठक्करबाट बालक गम्भीर घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर–९ रानिजरुवा निवासी गोमा पुनका ६ बर्षीय छोरा उत्तम पुन रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार आज दिउँसो साढे ४ बजे रा ६ प ५४०८ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेका बालकलाई ठक्कर दिएको हो।
घाइते बालकलाई सिटि हस्पिटल तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्जस्थित नर्सिङ होममा रिफर गरिएको छ। मोटरसाइकल चालक, अन्दाजी १८ वर्षीय साजन थापा फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरी हवल्दार रेशम बहादुर रेउलेको कमाण्डमा दुई जनाको प्रहरी टोली खटिएको थियो। दुर्घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



लाइभदाङ । २२ जेष्ठ २०८२, बुधबार १८:१६ बजे