ज्ञान ज्योती ईन्टर कलेज फुटबल सुरु

लक्ष्मण बस्नेत
तुलसीपुर, १० मंसिर ।
ज्ञान ज्योती दोश्रो ईन्टर कलेज फुटबल प्रतियोगिता २०८२ आज देखि सुरु भएको छ । ज्ञान ज्योती फाउन्डेसन तुलसीपुर दाङको आयोजनामा फाउन्डेसन खेल मैदान गोलौरामा संचालित प्रतियोगिताको दाङ जिल्ला फुटबल संघका पुर्व अध्यक्ष सुशील श्रेष्ठले उद्घाटन गर्नु भएको हो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी श्रेष्ठले राष्ट्रको पहिचान बोकेको सिङ्गो खेलक्षेत्रको बिकास स्कुल स्तरबाटै गरिनु पर्ने बताउनु भएकोछ । बालबालिकाभित्र अन्तर्निहित खेल क्षमता हुन्छन् त्यो क्षमता यस्ता प्रतियोगिताका माध्यमले प्रस्फुटन गर्ने अवसर प्रदान गर्ने भएकाले विद्यालयले शिक्षासंगै खेलकुदलाई प्राथमिकतामा राख्नु पर्ने बताउनुभयो । साथै उहाले शिक्षासंगै खेलकुदलाई उच्च प्राथमिकतामा राखेको ज्ञान ज्योती फाउन्डेसनले खेलकुदमा आफ्नो छुट्टै पहिचान स्थापित गरेको बताउनुभयो ।

कार्यक्रम ज्ञान ज्योती कलेजका एकेडेमीक कोर्डिनेटर शरद गौतमको अध्यक्षता तथा दाङ जिल्ला फुटबल संघका पुर्व अध्यक्ष सुशील श्रेष्ठको प्रमुख आतिथ्य एवं दाङ जिल्ला फुटबल संघका महासचिव लक्ष्मण बस्नेतको विशिष्ट आतिथ्यमा भएको थियो ।

आदर्श एकेडेमीका प्रीन्सिपल वसन्त टन्डनको स्वागत रहेको कार्यक्रममा विशिष्ट अतिथी लक्ष्मण बस्नेत, ज्ञान ज्योती कलेजका प्रमुख मनोज के.सी लगाएतले शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो । सो अवसरमा फुटबलका पुर्व राष्ट्रिय खेलाडि प्रीति बहादुर गिरि प्रेस, मन्जित पुन,सरोज वलि,सुदिप नेपाली लगाएतको उपस्थित रहेको थियो ।


कार्यक्रमको संचालन कलेजका सन्तोष केसिले गर्नु भएको थियो । यसैबिच आज भएको उद्घाटन खेलमा कम्पुटर साईन्स १२ बिजयी भएको छ। होटल म्यानेजमेन्ट ११ लाई ४–१ गोलले पराजित गर्दै साईन्स १२ ले बिजयी सुरुवात गरेको हो । त्यस्तै भोलि साईन्स १२ र साईन्स ११ बिच हुनेछ ।

खेल बिहान ८ बजे देखि सुरु हुनेछ । तीन दिन सम्म संचालन हुने प्रतियोगिताको बिजेताले नगद २० हजार, कप, मेडल, प्रमाणपत्र हात पार्नेछ ।

त्यस्तै उपबिजेताले नगद १० हजार, कप, मेडल प्रमाणपत्र हात पार्नेछ । प्रतियोगितामा फाउन्डेसन भित्र रहेका ३ कलेजका विभिन्न संकायका १३ टिमको सहभागिता रहेको छ ।