बालदिवसको अवसरमा गुरुकुलले ग¥यो म्याराथुन दौड

घोराही २९ भदौ ।
गुरुकुल एकेडेमीले ६० औं बाल दिवसको अवसरमा म्याराथुन दौड सहित बालबालिकाहरूको लागि विभिन्न खेलकुद प्रतियोगिताको आयोजना गरेर मनाएको छ । प्ले गु्रप देखि कक्षा १२ सम्मका विद्यार्थीहरूलाई समेटेर खेलकुद प्रतियोगिता गरेको हो ।

गुरुकुल एकेडेमी घोराहीको आयोजनामा भएको बालदिवस कार्यक्रमको उद्धघाटन गर्दै घोराही उपमहानगरपालीका वडा नं.१५ का अध्यक्ष रमेश कुमार पाण्डेले स्वास्थ्यका लागि खेलकुदको आवश्यकता एकदमै महत्वपुर्ण रहेको भन्दै घोराही आर्मी ब्यारेकबाट सुरु गरीएको म्याराथुन दौडको सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पाण्डेले खेल क्षेत्रलाई गुरुकुल एकेडेमीले प्राथमिकताका साथ अगाडि बढाईरहेको भन्दै आवश्यकताका आधारमा स्थानिय तहले गर्नुपर्ने सहयोग सदैव रहने पनि बताए । उक्त म्याराथुन दौडमा कक्षा ४ देखि १२ सम्मका विद्यार्थीहरूले भाग लिएका थिए । जसमा छात्र तर्फ किस्मत महतराले प्रथम स्थान हासिल गरेका थिए, भने विशाल गिरी दोस्रो भएका थिए । यस्तै छात्रा तर्फ गरीमा चौधरी प्रथम ,एशु बुढाथोकी दोस्रो र पुष्पा पुनले तेस्रो स्थान हासिल गरेका थिए ।


यस्तै गुरुकुल एकेडेमी तुलसीपुरले आयोजना गरेको म्याराथुन दौडमा छात्र तर्फ नसिप खड्का प्रथम, करण विष्ट दोस्रो र विकास वलीले तेस्रो स्थान हासिल गरेका थिए भने छात्र तर्फ सुस्मिता केसी प्रथम, क्रिष्टिना वली दोस्रो र अनुस्का केसीले तेस्रो स्थान हासिल गरेका थिए ।

कार्यक्रमको प्रमुख अतिथिमा एथ्लेटिक खेलकि प्रशिक्षक पद्यमा चौधरी रहेकी थिईन् । यसैगरी गुरुकुल एकेडेमी लमहीको आयोजनामा भएको कार्यक्रममा छात्र तर्फ जोतिरध्या चौधरी प्रथम, आदित्य चौधरी दोस्रो, आलोक पुन मगरले तेस्रो स्थान हासिल गरेका थिए । यस्तै छात्रा तर्फ प्रशंसा चौधरी प्रथम, चेतना पन्थी दोस्रो र पुजा चौधरीले तेस्रो स्थान हासिल गरेका छन् भने कार्यक्रमको प्रमुख अतिथिमा लायन्स क्लव अफ लमहीका अध्यक्ष मधु न्यौपाने रहेका थिए ।