सहकारीले निम्न वर्गको स्तरबृद्धि गर्छ : न्यौपाने

दिप्तीशिखा चौधरी
दंगीशरण
२९ मंसिर /
कृषि सामग्री सस्ंथान लिमीटेडका अध्यक्ष तिर्थराज न्यौपानेले निम्न वर्गका नागरीकहरुलाई सहकारीले आयआर्जनमुखी बनाउन सहयोग गरेको भन्दै पारदर्शी तरीकाले काम गर्नुपर्ने बताएका छन् । सहकारीमा जोडिएकाहरु अहिले आर्थिक रुपमा परीपक्व बनाएको बताए ।

सहकारी भएर नै आर्थिक उपार्जनमा टेवा पुगेको भन्दै यसलाई कसरी नाफामुखी बनाउँनुपर्छ भन्ने कुरामा ध्यान दिनुपर्ने बताए । साना किसान कृषि सहकारी सस्ंथा लिमीटेड दंगीशरण गाउँपालिका वडा नं. ६ को १७ औँ साधारण सभामा बोल्दै प्रमुख अतिथि न्यौपानेले सहकारीबाट प्राप्त स्रोत साधनलाई उपयूग मात्र नभई दिगोपना कसरी बनाउँन सकिन्छ भन्न कुरामा ध्यान दिनुपर्ने बताए ।

आज शनिवार दगीशरण गाउँपालिका वडा नं. ६ बागरमा सम्पन्न सहकारीको साधारण सभामा उनले बताए । साधारण सभामा साना किसान सहकारी धनौरीका टेक बहादुर पाण्डे,श्रीगाउँ खानेपानीका धरमनाथ योगी, साझेदारी दंगीशरण गाउँपालिका संयोजक माया चौधरी, मोहन चौधरीले ऋण लिदा समयमै तिर्ने तरीकाले लिनुपर्ने भन्दै सहकारीलाई बचाउँ अभियान तर्फ लग्नुपर्ने बताए । बचत भन्दा पनि ऋण लिनेको संख्या बढेको र समयमै नतिर्ने भएकाले सहकारी डुब्ने सम्भावना बढ्न सक्ने बताए । सो अवसरमा सेयर सदस्यहरु टोपा वली लगाएतले मल विउ विजन वितरणमा मात्र केन्द्रित नभई महिला शसक्तिकरणका कार्यक्रम गर्न आवश्यक रहेको बताएका थिए ।

निम्न वर्गका नागरीकहरुलाई सहकारी भनेपनि हामी जस्ता आर्थीक अवस्थाद कमजोर भएकाहरुका लागि जिवीकोपार्जनमा थप सुधार गर्नका लागि ब्यवस्थापनमा ध्यान दिनुपर्ने सुझाव दिए । यस्तै सबै कृषिमै आत्मनिर्भर भएकाले सिजनमा विउ विजन उपलब्ध गराउँन आग्रह गरेका थिए ।सो अवसरमा सहकारीका प्रवन्धक दिप बहादुर चौधरीले आर्थीक बर्ष २०७७/०७८ काृ अनुमानीत एंव आथीृक वर्ष २०७८÷७९ को प्रश्तावित लगानी,असुली, ब्याज असुली र आम्दानी खर्चको विवरण प्रस्तुत गरेका थिए ।


जसमा २०७७/०७८ मा १ करोड ६८ लाख १९ हजार आम्दानी भएको र आर्थीक बर्ष २०७८÷७९ मा २ करोड २५ लाख आम्दानी हुने लक्ष्य लिईएको छ । यस्तै सहकारीको आर्थीक बर्ष २०७७÷०७८ मा ३० लाख ७२ हजार १ सय ८२ नाफा भएको मा आर्थीक बर्ष २०७८÷७९ मा ४४ लाख ९० हजार नाफा हुने लक्ष्य लिईएको छ । सभामा सहकारीका अध्यक्ष टंक बहादुरले प्रश्तुत गरेको प्रतिवेदन अनुशार २०६२ मा दर्ता भएको सहकारीमा दंगीशरण गाउँपालिका भित्रका ३,४,५,६ र ७ गरि ५ वटा वडामा कार्यक्षेत्र रहेको छ ।

सहकारीमा १ सय ६३ समुह भित्र ६ सय ३० घरपरिवार आवद्ध रहेका छन् । यस्तै सहकारीले रसायनीक मल तथा उन्नत विउ विजन विक्री वितरण, साना किसान कृषि प्रशिक्षार्थी तालीम संचालन गर्दै आएको छ ।

सहकारीले कोभिड १९ का कारण ज्यान गुमाएका शेयर सदस्य वा एकाघार परिवारका सदस्यहरुलाई १० हजारका दरले साना किसान विकास लघुवित्त वित्तिय सस्ंथा ईलाका कार्यालय नेपालगंजको आर्थिक सहयोगमा ४० हजार अक्षरुपि चालीस हजार दिइएको र किसानहरुलाई कृषि औजारहरु उपलब्ध गराएको , साना किसान कृषि सहकारी र साझेदारी संघियता सहयोग कार्यक्रम मार्फत ९डब्लुपिएस० सस्ंथा बिचको सम्झौता अनुशार १ सय २० जना सेयर सदस्यहरुलाई ६ महिने वित्तीय तालीम दिईएको र विउ वितरण गरिएको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै लेखा प्रतिवेदन लेखा समिती संयोजक पुजा चौधरीले प्रश्तुत गरेका थिए । कार्यक्रममा शेयर सदस्यहरुमा जेष्ठ सदस्य बुद्धिराम वली, प्रेम कुमारी उपाध्याय, धनमाया खत्री, चन्दा के।सी, लखपती चौधरी, प्यारी चौधरी, सुन्तली चौधरीलार्ई सम्मान पत्र प्रदान गरिएको थियो । सभामा विशेष योगदान रहेको भन्दै सहकारीका सस्ंथापक अध्यक्ष बसन्त देवकोटाको फोटेमा माल्यार्पण गरीएको थियो । कार्यक्रमको शहजीकरण दिपक योगीले गरेका थिए ।