देउखुरीको बराखुट्टी स्थित मकैबारीमा कुहिएको अवस्थामा एक वृद्धको शव फेला

ओमप्रकाश गुप्ता
भालुवाङ, २ साउन ।
दाङको देउखुरीमा कुहिएको अवस्थामा एक वृद्धको शव फेला परेको छ । राप्ती गाउँपालिका वडा नम्बर २ बराखट्टी निवासी ७७ वर्षिय शिवलाल घर्ती क्षेत्रीको शव मकैबारीमा कुहिएको अवस्थामा फेला परेको हो ।

गत असार ३० गते घरबाट निस्केका ती वृद्ध आज सोमबार विहान घर देखि २/३ सय मिटरको दुरीमा रहेको मकैबारीमा स्थानीयले फेला पारेका थिए । ती वृद्धको लडेर मृत्यु भएको हुन सक्ने राप्ती गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष पहलवान चौधरीले जानकारी दिएका छन् ।


No description available.

सडेर गन्ध आइरहेको अवस्थामा स्थानीयले शव फेला पारेका थिए । ती वृद्धको हात, खुट्टा कुहिसकेको थियो । शवलाई पोष्टमार्टमका लागि लमही अस्पताल पठाइएको छ ।