दंगीशरणमा पालिकास्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समिती तथा सरोकारवालासङ्ग बैठक तथा छलफल कार्यक्रम

दंगीशरण, २७ भदौ ।
प्रमोद आचार्य
ब्याकवार्ड सोसाइटी एजुकेशन बेशको सहकार्य,आइडि नेपाल र हेलन किलरको प्राविधिक सहयोग तथा दंगीशरण गाउँपाकिकाको समन्वयमा पोषण मार्फत जिबन रुपान्तरण परीयोजना अन्तर्गत पालिकास्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समिती तथा सरोकारवालासङ्ग बैठक तथा छलफल कार्यक्रम दंगीशरण गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ ।

आइडि नेपाल र हेलन किलरको प्राविधिक सहयोग तथा व्याकवार्ड सोशाइटि एजुकेशन बेशको सहकार्यमा दंगीशरण गाउँपालिकामा पोषण र सरसफाइको क्षेत्रमा कार्यक्रम संचालन गर्नलागेको बेशका पालिका परीयोजना परीचालक सन्तोष चौधरीले जानकारीदिनुभयो ।

बैठक तथा छलफल कार्यक्रममा बोल्दै दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले पछिल्लो समयमा सर्ने रोगमा कमि देखियपनि नसर्ने रोगले जरा गाडेको अवस्थामा नसर्ने रोग र पोषणको कमिले हुने रोगको निराकरणगर्न सवै सरोकारवालाहरु सकृयताकासाथ अगाडि लाग्नुपर्ने वताउनुभयो । पोषण र सरसफाईको क्षेत्रमा परीयोजनाले गर्नलागेको कार्यक्रम सफलताको शुभकामना समेत ब्यक्त गर्नुभयो ।


मध्यम शिघ्र कुपोषणवाट कडा सिघ्र कुपोषणसम्म पुग्न नदिनु परीयोजनाको प्रमुख उदेश्य रहेको हेलन किलरका अनिल केसिले जानकारी गराउनुभयो । परीयोजना शुरुवातीको अवस्थामा परीयोजनाले पालिकामा कस्ता कार्यक्रमहरु संचालन गर्दैछ भन्नेकुरा जानकारीदिनपनि सरोकारवालासङ्ग बैठक तथा छलफल कार्यक्रम आयोजना गरीएको केसिले जानकारीदिनुभयो ।

कुपोषणको अवस्था २०३० सम्म १६ बाट ४ मा कसरी झार्न सकिन्छ भनेर कुपोषणको प्रमुख संकटलाइ सम्बोधन गर्नपनि परीयोजनाले कार्यक्रम गर्ने बताइएको छ । यस्तै परीयोजनाको लक्ष्य र उदेश्यमाथि प्रकाश पार्दै बेशका शुरेश चौधरीले परीयोजनाले कडा सिघ्र कुपोषण र मध्यम शिघ्र कुपोषणको एकीकृत ब्यबस्थापन,राष्ट्रिय भिटामिन ए, कार्यक्रम सहयोग,स्तनपानको प्रबर्द्धन,शिशु तथा बाल्यकालिन पोषण प्रवर्द्धनको क्षेत्रमा कार्यक्रम संचालन गरीने जानकारीदिनुभयो ।