कर्मचारीहरुलाई पुष्पगुच्छाले स्वागत गर्दै मेयर उपमेयर

शरद रेग्मी
तुलसीपुर, १६ जेठ ।

तुलसीपुर उपमहानगरपालिकाका नबनिर्बाचित मेयर टिकाराम खडका र उपमेयर स्यानि चौधरि सोमबार बिहान ९:३० बजेको समयमा आफ्ना कार्यालयका कर्मचारीहरुलाई पुष्पगुच्छा र चकलेटले स्वागत गर्नु भएको छ । कर्मचारीतन्त्रको सहयोग र लगनशीलतालाई अझ सरल र ब्यबहारिक बनाउने उदेश्यले पदभार ग्रहण गरेपछिको पहिलो दिनमै बिहानै अफिस समय सुरु नहुदै मेयर खडका र उपमेयर चौधरि उपमहानगरपालिकाको गेटमा पुष्प गुच्छा सहित पुग्नुभएको थियो ।


सो अबसरमा सबैभन्दा पहिला पुग्ने कर्मचारी लाई तुलसीपुर उपमहानगरपालिकाका मेयर खडकाले पुष्पगुच्छाले स्वागत गर्नुभएको थियो । मेयर र उपमेयर दुबैको एउटै आवाज थियो प्लिज कर्मचारी साथिहरु समयमै कार्यालयमा आउनुहोला अनि जनतालाई सहज तरिकाले सेवा प्रवाह गर्नुहोला ।

काम गर्दा केहि जटिलता देखियो भने हामि तपाईंहरुलाई सहयोग गर्नेछौ । सो अबसरमा पत्रकारहरु सङ्ग बोल्दै मेयर खडकाले कार्मचारि सङ्ग प्रत्यक्ष भेटघाट र उहाहरुलाई थप जिम्मेवारि बोध गराउन पनि आफुले यस्तो अभियान सुरु गरेको बताउनु भयो । करिब दुईदर्जन कर्मचारीहरुलाई स्वागत गरिसकेपछि मेयर खडका तरकारी बजारको अनुगमन गर्न पुग्नुभएको थियो ।