प्रेस सेन्टरको केन्द्रीय समितिमा दाङबाट तीन जना

तुलसीपुर
१९ मंसिर / प्रेस सेन्टर नेपालको केन्द्रीय समितिमा दाङबाट तीन जना परेका छन् ।

चितवनमा भएको चौथो महाधिवेशनबाट अजयदीप शर्मा, नरेन्द्र केसी र लक्ष्मी आचार्य केन्द्रीय समितिमा परेका हुन् ।


शर्मा संगठनका संस्थापक केन्द्रीय सदस्य हुन्, भने केसीले लामो समय केन्द्रीय समितिमा रहेर काम गरि सकेका छन् । शर्माले केन्द्रीय उपाध्यक्षमा र केसीले सचिबमा दावी गरेका छन् । पदाधिकारीको भने यस पछि बस्ने बैठकले टुंग्याउने छ । आज अध्यक्षको मात्रै टुंगो लागेको छ । अध्यक्षमा विष्णु सापकोटा(जुगल)लाई सर्वसम्मतिले चयन गरिएको छ ।

त्यस्तै रुकुम पूर्वबाट गणेश वली र काठमाडौंबाट डिल्ली मल्ल पनि संगठनको केन्द्रीय समितिमा परेका छन् । वली र मल्लले लामो दाङमा पत्रकारिता गरेका थिए ।