मकैबारीमा आएको बँदेलले आक्रमण गर्दा दाङमा एक जना घाइते

दाङ,१९ भदौ । दाङमा बँदेलको आक्रमणबाट एक जना गम्भिर घाइते भएका छन् ।

बबई गाउँपालिका वडा नं। ७ मलईका ३५ बर्षिय रेशम बाँठा मगरलाई बँदेलले आक्रमण गरेर घाइते बनाएको हो ।


बुधबार विहान ३ बजे बारीमा मकै खान आएका बँदेल धपाउने क्रममा आक्रमण गरेको हो । बँदेलको आक्रमणबाट खुट्टा, हात, मुखमा चोट लागेको छ ।

घाइते मगरलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको छ । मलईमा बाँके राष्ट्रिय निकुञ्जका बँदेल बारीमा आएर मकै खाने गर्दछन् । बँदेलको आतङकबाट मलईबासीले सास्ती बेहार्नु परेको छ । बँदेलले बारीमा उत्पादन गरेका मकै नष्ट गर्ने गरेको बँदेल धपाउन खोज्दा हरेक बर्ष मानिसलाई आक्रमण गरेर घाइते पार्ने गरेको छ ।