
घोराही,०८ साउन।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सुशासन, पारदर्शिता र सेवाग्राहीमैत्री स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन गुनासो सुनुवाइ प्रणाली सञ्चालनमा ल्याएको छ।
अस्पतालको सेवा चुस्त, दुरुस्त तथा बिरामीमैत्री बनाउने उद्देश्यले प्रतिष्ठानले विभिन्न स्थानमा राखिएका सुझाव पेटिकामा सेवाग्राहीले राखेका गुनासा तथा सुझावलाई व्यवस्थित रूपमा सम्बोधन गर्ने प्रक्रिया सुरु गरेको अस्पताल निर्देशक तथा सहप्राध्यापक डा। सुरेश रसाइलीले जानकारी दिनुभयो।
उहाँका अनुसार सेवाग्राहीले सुझाव पेटिका, टेलिफोन र सन्देश ९मेसेज० मार्फत दिएका गुनासा तथा सुझावलाई सकेसम्म छिटो समाधान गर्ने प्रयास भइरहेको छ।
“सेवाग्राहीका गुनासालाई सम्भव भएसम्म समाधान गर्ने उद्देश्यले हामीले गुनासो सुनुवाइ प्रणाली सुरु गरेका छौँ। सुझाव पेटिका, फोन र मेसेजमार्फत प्राप्त गुनासालाई सम्बोधन गर्दै सेवा सुधारमा निरन्तर काम गरिरहेका छौँ,” निर्देशक रसाइलीले भन्नुभयो।
प्रतिष्ठानले हालै शाखा अधिकृत शालीकराम कालाथोकीलाई गुनासो सुनुवाइ अधिकारी ९न्चष्भखबलअभ इााष्अभच० तोकेर सेवाग्राहीका गुनासा तथा सुझाव संकलन, समन्वय र समाधानको जिम्मेवारी दिएको छ।
प्रतिष्ठानका अनुसार गुनासो सुनुवाइ प्रणालीमार्फत प्राप्त सुझाव र गुनासाका आधारमा अस्पताल सेवामा सुधार गर्दै सेवाग्राहीको विश्वास अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ।



लाइभदाङ । ८ श्रावण २०८३, शुक्रबार १९:२१ बजे