काङ्ग्रेस “रेडियो एफएम समन्वय तथा प्रचार प्रसार “उपसमितिको सदस्यमा दाङबाट रेग्मी नियुक्त

देबेन्द्र भण्डारि,

दाङ ,४ वैशाख  ।


नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा पार्टीको पक्षमा प्रचार–प्रसार अभियानलाई व्यापक बनाउन रेडियो एफएम समन्वय तथा प्रचार प्रसार उपसमिति गठन गरेको छ । कांग्रेसको स्थानीय तह निर्वाचन प्रचार–प्रसार समितिका संयोजक डा प्रकाश शरण महतको सभापतित्वमा बसेको समितिको बैठकले रेडियो एफएम मार्फत आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीको पक्षमा प्रचार गर्न सो उपसमिति गठन गरेको जनाएको छ । उपसमितिको सदस्यमा दाङबाट रेडियो सन्जिवनि एफएमका स्टेशन म्यानेजर,तथा रिपोर्टस क्लब दाङका अध्यक्ष शरद रेग्मी लाई चयन गरिएको छ । त्यसैगरि रेडियो हाईवयका प्रबन्धक केपि घिमिरेलाई पनि रेडियो एफएम समन्वय तथा प्रचार प्रसार “उपसमितिको सदस्यमा नियुक्त गरिएको छ । पार्टिका प्रबक्ता एवम नेता डाक्टर प्रकाशसरण महतले शुक्रवार देखिनै पार्टिको समग्र अबस्था,गठबन्धनको आबश्यकता र बर्तमान परिस्थितिका बारेमा बिभिन्न जिल्लाको रिपोटिङ सुरु गर्नु भएको छ