भिमबहादुर वली
लक्ष्मी चन वालानले जंगल उत्खनन् गर्दै बस्ती व्यबस्थापन,स्थानीय बाटाहरू निर्माण,महेन्द्र राजमार्गसंग जोडनलाई गोरेटा बाटा निर्माण,शिक्षा र स्वास्थ्यको प्रारम्भिक विकास गरेको पाईन्छ भने उहाँका नकारात्मक पक्षलाई हेर्दा आफूले भनेको नमान्नेहरूलाई सताउनु र तर्साउनु थियो जो कुरा आजका राजनितिज्ञहरुमा पनि त्यही छ ।
हामीहरूले आज पनि भिन्न गर्न नसक्नु हाम्रा समस्याहरू पनी रुपान्तरण गर्न आवश्यक छ । नेपालमा लागेको संकटकाल आसपास उहाँको मृत्यु हुदा भनियएको ९५ बर्षमा संदेह देखिन्छ । कीनकी १९७० सालमा उतखनन् गर्दा उहाँले बीएससी पास गरेको तथा दरबारमा मास्टर गरेर आएको भन्ने भनाईले उहाँ कम्तीमा पनि हीसाव गर्दा १०५/११० वर्षसम्म बाचेको अनुमान छ । उहाँको साकाहारी जीवनशैली र एक डक्टर भएकाले विश्वास गर्ने ऐतिहासिक आधार छ ।
लक्ष्मी चनका छोरा गम्भीर चन दुई पटक प्रधान हुँदा उहाँले पदमपुर र हंसपुर स्कुल, बाघमारे सहकारीलाई २२ विघा जमिन अनुदानको पहल,गैरीगाउ सुन्दरखाल ट्रयाक,घठ सालमा पुरन्धारा झरना नजिक बवईमा पुल, ट्वाङखोलाबाट हंसपुर बाटो लगायत फुटकर विकिसका काम भएको ईतिहास पाईन्छ । ०४३ देखि यताका शासकहरु विकास भन्दा विवादमा वढी आउने गरेको र पुरानाको स्तर उन्नति भने गरेको सकारात्मक इतिहास छ । ७४ पछको यस संघिय कालमा भने संघीयता विरोधीहरुले चुनाव जित्दा जनताको जीवनस्तर उकास्न सफल नभएता पनि आफू उक्सिन भने सफल भएको हामीहरूले दिनको घाम झै छर्लङ्ग देखेका छौ ।
संघीयता सहितको तथा समाजवाद उन्मुख संविधानको स्थानीय सरकारले धज्जी उडाउदै छ । ५ वर्ष सम्ममापनि सामाजवादी नीति तथा कार्यक्रम नल्याउनु गणतान्त्रिक देशका शासकको विडम्बना मान्नु पर्छ । लक्ष्मी चन र गम्भीर चनले २०३७ सालमा बनाएको पुरन्धाराको पुल जाने बाटो र उसै समयमा जीप र टिप्पर चलेको बटोमा ४० वर्ष विति सक्दा पनि हाम्रा सत्तासिनहरूबाट न राजीखहरे,ट्वाङखोला र बवई नदीमा पुल बन्यो , न त महेन्द्र राजमार्गमा सडक जुट्यो ।
मात्र २्र४ महिनालाई ह्यूम पाइपको पुल आजपनि बवईका कैयौ स्थानहरू सडक,यातायात, सञ्चार, विद्युत, शिक्षा र स्वास्थ्यका समस्याहरूबाट किन मुक्त हुन सकेन ? यो शाषकको गैरजिम्मेवारपन भन्दा अरू के हुन सक्छ ? बाकी संघीयताले ल्याएको वजेटले स्थानीय बाटाघाटा,पुलपुलेसा,केही शिक्षा, स्वास्थ्य र प्रशासनिक भवन बन्नु सकारात्मक रुपमा कामको मुल्यांकन गर्न सकिन्छ । बवई गाउपालिका विकासका हिसाबले आज पनि समग्र पक्षको हिसावमा मूल्यांकन गर्दा पिछडिएकै अबस्थामा छ ।
आगामी दिनहरुमा हामीहरूले गुणात्मक परिवर्तनका योजनाहरू तयारी गर्नुका साथै एकीकृतढंगले कार्यान्वयनमा पहल कदमी बढाउन जरूरी ठानिएको छ । यो परम्परागतको विकासले जनताको जिवनस्तरलाई परिवर्तन गर्न सक्ने सम्भावना कम छ । (बबई गाउँपालिका ४ निवासी लेखक माओवादी केन्द्र लुम्बिनी प्रदेशका सचिबालय सदस्य हुन् ।) साभार : अग्रिम साप्ताहिक
लाइभदाङ । २० मंसिर २०७८, सोमबार १३:४१ बजे