हरेक क्षेत्रमा सफलता देख्ने ‘पूर्णविक्रम’

लामो समय शिक्षण पेशामै सक्रिय रहेको एउटा नाम हो–पूर्णविक्रम डाँगी । उनीसंग सफलताको नाम पनि जोडिन्छ । जसले जहाँ हात हालेपनि सफलता हात पारेका इतिहासहरु हामीमाझ छन् । त्यसको एउटा मात्रै कारण उनको कामप्रतिको लगाव नै हो । उनी आफूले पाएको हरेक जिम्मेवारीलाई गम्भीरताकासाथ लिन्छन्, र त्यसलाई सफल बनाएरै छाड्छन् । त्यसको एउटा उदाहरण हो :  – उनी कार्यरत विद्यालयले प्राप्त गरेको ईन्टरनेश्नल स्कुल अवार्ड । जसको संयोजक उनी स्वयं थिए । आईएसए प्रोजेक्टले सञ्चालन गरेको उक्त कार्यक्रममा गोरखा स्कुल तुलसीपुर उत्कृष्ट भएको थियो । यस्तै धेरै संस्थामा उनले नेतृत्व गरेका छन् । उनले नेतृत्व गरेको जुन सुकै ठाउँमा पनि उनको कामप्रति सबै सन्तुष्ट हुन्छन् ।

२०४५ साल माघ ६ गते तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ गोलौरामा उनको जन्म भयो । वुवा लोकराज डाँगी, आमा भुमा डाँगीको माइलो छोराको रुपमा जन्म लिएका हुन् । हाल उनी गोरखा मावि तुलसीपुरका निवासी संयोजक हुन् । १५ बर्षदेखि उनी शिक्षण पेशामै सक्रिय छन् ।

गोरखा ग्रुपमा उनको लगानी पनि छ । उनी ग्रुपका सेयर सदस्य हुन् । त्यतिमात्रै होईन्, उनी आधा दर्जन संघसंस्थामा आबद्ध छन् । एम्नेष्टी ईन्टरनेश्नल ग्रुप ६६ दाङका अध्यक्ष समेत रहेका उनी तुलसीपुर नगर जेसिजका प्रबक्ता छन् । युवा सजगता अभियान दाङका संयोजक तथा लायन्स क्लब अफ दाङको सदस्यको भूमिकामा छन् । सामाजिक संघ संस्थाबाट अनुभव संगालेर नेतृत्व विकास गरेका डाँगी पछिल्लो समय राजनीतिक रुपमा पनि सक्रिय हुन थालेका छन् । काँग्रेस ‘ब्यागराउन्ड’को परिवारमा हुर्किएका उनी काँग्रेसकै राजनीतिमा जोडिएका छन् । भर्खरैको १४ औं महाधिवेशनबाट उनले तुलसीपुर नगरको प्रबक्ताको जिम्मेवारी पाएका छन् । उनी भन्छन्‘सामाजिक संघसंस्थामा सक्रिय रुपमा लागेर धेरै अनुभव भयो, अब राजनीतिक रुपमा पनि सक्रिय हुने योजना छ ।’ उनका वुवा लोकराज डाँगी काँग्रेसको तर्फबाट यस अघि भएको स्थानीय तहको चुनाबमा वडाध्यक्षका उम्मेदवार थिए । पूर्ण आफ्नै वुवाको राजनीतिबाट प्रभाबित भएर सक्रिय राजनीतिमा आएको बताउछन् ।

उनका दाई डम्बर डाँगी पनि शिक्षण पेशामै आबद्ध छन् । दाई डम्बर ग्यालेक्सी बोर्डिङ स्कुलको सीईओ छन्, भने भाई बालकृष्ण डाँगी व्यबसायी क्षेत्रमा आबद्ध छन् ।

नेतृत्व विकास गर्ने अवसर
उनले आफू जेसिजमा जोडिएपछि नेतृत्व विकास गर्ने अबसर पाएको बताउछन् । भन्छन्‘बर्ष २०१७ मा तुलसीपुर नगर जेसिजमा प्रवेश गरेर यहाँसम्म आइपुग्दा आफूमा व्यक्तीत्व तथा नेतृत्व विकास गर्ने अवसर पाएँ ।’ उनले काम नै जीवनको सिकाई हो भन्ने बुझाईलाई आत्मसात गर्ने गरेका छन् । यो भन्दा अघि उनी अन्य जागिरमा पनि आबद्ध थिए । गरीवि निवारण कोष अन्तर्गत प्यूठान जिल्ला स्थित टिकुरी सक्रिय युवा समूहमा कार्यक्रम संयाजकको रुपमा दुई बर्ष काम गरेको अनुभव छ ।


‘जीवन केहो हजुरबुवाबाट सिकेँ’
उनी सानो हुँदा चित्रकलामा बढि रुची राख्थे । चित्र बनाउने र भित्तामा सजाउने गर्थे । पढाईमा पनि उनी उत्तिकै रुची राख्थे । उनी दिवंगत हजुरवुवा रै वहादुर डाँगीको प्रेरणा र हौसलाबाट पनि प्रभाबित भए । उनले हजुरवुवाबाट जीवन केहो र जीवनमा कस्ता काम गर्दा समाजमा आफूलाई चिनाउन सकिन्छ, भन्ने कुराको मागैदर्शन पाएको बताउछन् ।

शैक्षिक यात्रा
उनले कक्षा २ सम्म राप्ती विद्या मन्दिर तुलसीपुरमा पढे । कक्षा ३ देखि एसएलसीसम्म ग्रेट अरणीको मावि तुलसीपुर, प्लस टु पदमोदय नमूना उच्च माध्यमिक विद्यालयमा पढे । उनले प्लस टु मा ‘साईन्स’ विषय लिएर पढेका थिए । त्यसपछि महेन्द्र बहुमुखी क्याम्पस घोराहीबाट विएससी र काठमाडौंबाट एमबीए गरे ।

बैवाहिक यात्रा
उनको २०६९ साल मंसिर ६ गते विवाह भयो । मञ्जु वलीसंग बैवाहिक जीवनमा बाँधिएका थिए । अहिले श्रीमान–श्रीमति नै शिक्षण पेशामा आबद्ध छन् । उनीहरुका दुई छोरा छन् । साभार : अग्रिम साप्ताहिक

May be an image of 4 people, people standing and text