सरकारी गाडीको दुरुपयोग

सत्तामा भएपछि सरकारी सम्पतीको दुरुपयोग गर्ने घटनाहरु प्रायः भइरहेकै हुन्छन् । पाएको सुविधा भोग गर्ने नाममा निजि सम्पती जसरी चलाउने घटना नयाँ होईनन् । दाङकै सन्दर्भमा कुरा गरौं, केही दिन अघि मात्रै चितवनमा भएको एमालेको महाधिवेशनमा दाङमा सरकारी गाडी दुरुपयोगको एउटा नमूनालाई हेर्न सकिन्छ । यो कुनै व्यक्ती बिशेष र पार्टी विशेष भन्दा पनि आम प्रबृतिकै कुरा हो । अगाडी पार्टीको झण्डासहित एमालेका नेता तथा कार्यकर्ता बोकेको बस हिडिरहेको हुन्छ, पछाडी सरकारी गाडी एमालेकै नेताले भरिभराउ हुन्छ । दाङका ५ स्थानीय तह एमालेले जितेको हो । ति मध्ये सबैजसो प्रमुख र उपप्रमुख सरकारी गाडीमै कार्यक्रम स्थलमा गएका थिए । त्यसले हाम्रा जनप्रतिनिधिहरु कति सुविधा भोगी भए भन्ने चित्र पनि देखाउछ ।

जनताको सेवामा खटिदा प्रयोग गर्न भनेर सरकारी गाडी दिईएको भएपनि अहिले आफ्नो व्यक्तीगत काममा पनि उतिकै प्रयोग हुन्छ । सरकारले दिएको सुविधा हो, काँटामा तौलिएजसरी त तुलना गर्न नमिल्ला तर, नैतिकताका हिसाबले पनि कुनै पार्टीको सम्मेलनमा जिल्ला भन्दा बाहिर जाँदा भने ख्याल गर्नुपथ्र्यो । कुनै कुराहरु कानुन मात्रै भन्दा पनि व्यबहारिक र नैतिकताका हिसाबले पनि तुलना गर्नुपर्ने हुन्छ । तर्क गर्न सकिएला ः आफू बहाल हुँदासम्म सरकारी गाडी भोग गर्दा के मैले बाहिर जाँदा अर्को गाडी किनौं, केही काम पर्दा अर्को गाडी किनौं ? तर, यो प्रश्न त्यति व्यबहारिक र जिम्मेवार मानिदैन । अहिलेका प्राय ः जनप्रतिनिधिको तर्क यही हुन्छ । हामीले जनमैत्री काम गर्ने हो, त्यस क्रममा सरकारी सुविधा प्रयोग गरौं । त्यो बाहेक ब्यक्तीगत कामकालागि पनि सरकारकै ढुकुटी सक्ने तिर नलागौं ।


यो भनेको एउटा नजिर स्थापित गर्ने कुरा पनि हो । हरेक पदमा सधै एउटै व्यक्ती हुँदैन्, भोलि त्यो ठाउँमा अर्को व्यक्ती आउदा पनि उसले सरकारी सम्पतिलाई सही सदुपयोग नै गरोस्, त्यसकालागि अहिलेदेखि नै त्यो अभ्यास गर्न आबश्यक छ । अन्थयाः यो प्रबृतिमा सुधार आउन समय लाग्नेछ । जनताको करले तिरको पैसाले शाषकले जनतामाथि सधै नै दमन गर्नेछन् । त्यसैले जनताले पनि यस्ता खबरदारी नियमित गर्न आबश्यक छ ।

May be an image of 2 people and text