अराजनीतिक गैरकम्युनिष्ट विचार र व्यबहार

भिमबहादुर ओली
नेपालमा जनयुद्ध सुरू गर्नु अध्यक्ष क.प्रचण्डको आफनै मौलिकता थियो । जुन नवीन सोचलाई हामीहरूले साथ दियौ र आजको अवस्था सिर्जना भएको हो । आजको वस्तुगत अवस्थालाई विघटन गर्न प्रचण्डका अधिकतम सहयोगीहरूले धोका दिएता पनी प्रचण्डको आफ्नै कार्यकुशलताका कारण रक्षा गर्न सफल भएको वर्तमान इतिहास हो । पटक –पटकको प्रतिगमनलाई रोक्ने दौरानमा जति मतियार वने त्यो भन्दा वढी मतियारहरु आज माओवादी केन्द्र भित्र हरियो घाँसमा लुकेका गोमनहरूले संगठन सुदृढीकरणका नाममा स्वैच्छाचारिताको प्रयोग गरेर सक्दै छन् ।

अराजनीतिक गैरकम्युनिष्ट विचार र व्यबहार साथमा परिवारवाद तथा दलालहरूको केन्द्रीकरणले माओवादी केन्द्रलाई समाजवादी क्रान्ति गर्न लायक नभई अर्को रुपको प्रतिगामी पार्टी बनाउने तरिका इमान्दार कार्यक्रता र जनताहरूले अनुभुती गरिरहेको वर्तमान अवस्था हो । यो अवस्थाप्रति जानकारी लिनु, वहस र छलफल गर्नुले मात्र रुपान्तरणको सम्भावना छैन्, कीनकी स्थानीय स्तर देखि माथिल्लो निकायमा हदै खालको स्वईचछाचारिताको कारणले जनता र इमान्दार कार्यक्रताहरूको मन जित्ने सम्भावना छैन । एक पटक होइन पटक पटक क.प्रचण्डलाइ धारे हात लगाउँदै गद्दार भनेर विचलनको पराकाष्टाका पात्रहरू नेतृत्वमा विराजमान गराइएको छ । उनीहरूबाट कसरी प्रचण्डको कार्यदिशा कार्यान्वयन हुन्छ । असम्भव कुरालाई सम्भवको रटानलगाएर कार्यक्रताहरूमा भ्रम सृजना गर्नु बाहेक अरु केही गर्ने कुरा आजको अवस्थामा आकासको फल हो ।

आजको नेतृत्वका कारण माओवादी केन्द्रमा मात्र होइन्, सवै दलहरूमा अन्योलता, निरासा,विचलन र कार्यदिशा विहीनतामा ब्याप्त छ । त्यसको पूर्णता सामूहिक नेतृत्वबाटै सम्भव हुने कुरामा त क.माओकै उत्तराधिकारीहरु असफल किन भएका थिय भन्ने कुरामा आजसम्मको अनुसन्धान नै अपुरो छ । त्यो अनुसंधानको पूर्णता हुन नदिनकै लागि र अर्को भ्रम र्सजनाका लागी अस्ति प्रचण्ड सिध्ध्याउने योजना अन्तरगत बैद्य, विप्लव र वावुराम समूहको नौटंकी गरि युद्ध र आन्दोलनका उपलब्धीहरूलाई जनताको मनोविज्ञानबाट अलग गर्ने कोशिष गरियो । त्यो असफल भइसके पछि पुनः देशि विदेशी दलालहरू आज पूर्णरुपले विघटन र सर्वनाम गर्ने हेतुका साथ एकता र मोर्चाको कुरा चलिरहेको छ । संसारभर कहि कतै पनि प्रतिगामीहरुसंगको एकता र मोर्चाको माध्यमबाट समाजवादी क्रान्ति सम्भव भएन भने नेपालमा सम्भावनाको आधार ऐतिहासिक द्धन्दात्मक भौतिकवादी दृष्टिकोणले देख्दैन, देख्नेहरू सबै अधिभूतवादीहरु न हुन् ।


संसोधनवादीहरू, नोकरसाही दलालहरू र प्रतिक्रान्तिकारीहरूको गठजोड क्रान्तिकारीहरूसंग हुने भनेकै सारमा आजको रुस र चिनलाई उदाहरणका रुपमा लिए पुग्छ । आफ्नै आन्तरिक र सुदृढिकरण युक्त शक्तिका जगमा मात्र सामूहिक नेतृत्वको मापदण्डलाई केन्द्र बनाउन हामीले सक्दा मात्र सम्भव छ। आफुलाई केन्द्रमा राखेर अगाडी बढने र सामूहिक नेतृत्वलाई तिलाञ्जली दिने आत्मकेन्द्रित व्यक्तिवादी चरित्र नै नेपाली विशेषता हो, जस्बाट वैज्ञानिक कार्यदिशा वनाएर हिड्यौं भने पनी कार्यान्वयनको सम्भावना छैन । लेनिन, स्टालिन र माओले विकास गरेर पनि अधुरा रहेका पद्धतिहरूको थप सृजनात्मक प्रयोग र नयाँ आविस्कार आजको खाँचो हो । आजको शक्तीमा विराजमान संकीर्ण चिन्तनबाट सम्भावना छैन ।

समाजवादी क्रान्तिका लागि विकसित तेस्रो अन्तर्राष्ट्रिय कार्यदिशाका रुपमा स्थापित भएको निरन्त क्रान्तिको कार्यदिशालाई तिलान्जली दिएर नयाँ कार्यदिशा र संश्लेषणको आवश्यकताको ब्याख्या गर्नु सरासर दक्षिणपन्थि संसोधनवादी बुझाई न हो । भएको छोड्ने, नयाँ खोज्ने नै के नयाँ सोच हो भनेर बुझ्दै जाने हो भने मालेमावादको किन कुरा गर्नु ।

२१ औ सताब्दिको समाजवादी क्रान्ति इतिहासबाट शिक्षा लिदै सामूहिक नेतृत्वको विकास, आज सम्मका उपलब्धिहरुको रक्षा गर्ने वैचारिक चेतनाको विकास, नेपाली समाजको अन्तरविरोध सापेक्षित कार्यक्रम र जनविश्वासमा आधारित पार्टी तथा नेतृत्वबाट मात्र समाजवादी क्रान्तिको सम्भावना छ । जस्का लागि सबै चुनौतीहरूको सामना गर्दै अगाडी बढनु आजका सामाजिक अभियन्ताहरुको दायित्व हो । हामीहरू यही विश्वास र समर्पणमा एकताबद्ध भएर समाजको नेतृत्व गर्नका लागि कठीन भन्दा कठीन चुनौतीहरूको समना गर्दै अगाडी बढ्दा नै भविष्य देख्ने २१ औ शताब्दीका नयाँ मानव हौ । (लेखकः माओवादी केन्द्रका लुम्बिनी प्रदेश कमिटि सचिवालय सदस्य हुन् ।) साभार : अग्रिम साप्ताहिक