तुलसीपुरका दुई जनाको बाँके दुर्घटनामा मृत्यु

तुलसीपुर, १३ भदौ । बाँकेको हवलदारपुरमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दाङबाट नेपालगन्ज आउँदै गरेको बस जानकी गाउँपालिका गनापुर नजिकै हवलदारपुरमा दुर्घटना हुँदा २ जनाको मृत्यु र कम्तीमा २७ जना घाइते भएको प्रहरीले जनाएको छ ।

विहीबार बिहान दाङबाट नेपालगन्जका लागि छुटेको भे १ ख २१२८ नम्बरको बस नेपालगन्ज पुग्नै लाग्दा गनापुरमा दुर्घटना भएको हो । दुर्घटनामा दाङ तुलसीपुरका ६० बर्षिय मान बहादुर ओली र तुलसीपुरकै २४ बर्षिय सहचालक सन्तोष भुसालको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।


घाइतेहरु मध्य २१ जनाको भेरी अस्पतालमा, ५ जनाको कोहलपुर स्थित मेडिकल कलेजमा १ जनाको नेपालगन्ज नर्सिङ होममा उपचार भइरहेको बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले बताए ।  बस अत्याधिक गतिमा रहेका कारण अनियन्त्रित भएर पल्टेको स्थानीयलाई उदृढ गर्दै प्रहरीले जानकारी दिएको छ ।