गोरखा तुलसीपुरले चुम्यो किवानिस फुटबल प्रतियोगिताको उपाधी

तुलसीपुर,६ जेठ । किवानिस क्लब अफ दाङको आयोजनामा भएको किवानिस फुटबल प्रतियोगिताको उपाधी गोरखा स्कुल तुलसीपुरले चुमेका छ ।

शनिबार सम्पन्न प्रतियोगितामा गोरखाले ३ गोल हानेको थियो, भने प्रतिस्पर्धी सेन्टर स्कुलले १ गोल हानेर उपविजेता बनेको थियो । तुलसीपुरका संस्थागत तथा सामुदायिक विद्यालयका २२ समूहको सहभागितामा गोरखा प्रथम र सेन्टर उपविजेता भएको थियो ।

विजेता समूह गोरखाले ट्रफि,मेडल र प्रमाणपत्रसहित २० हजार तथा उपविजेता सेन्टरल १० हजार रुपैँया प्राप्त गरेको थियो । क्लबका अध्यक्ष विमल पौडेलको अध्यक्षता तथा जिल्ला फुटबल संघका पूर्व अध्यक्ष शुसिल श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।


त्यस अवसरमा क्लबका संरक्षक झरेन्द्र खरेल, जेसिज तुलसीपुरका अध्यक्ष सालिकराम वलीलगायतले खेल स्वास्थ्यकालागि महत्वपूणर् भएकाले यस्ता खेलकूद नियमित खेल्नु पर्ने बताए ।

किवानिसले बालबालिकाको क्षेत्रमा काम गर्ने भएकाले उनीहरुको खल क्षेत्रको विकासमा खेलेको भूमिका महत्वपूणर् रहेको बताएका थिए । कार्यक्रमको सहजीकरण महासचिब केशवराज केसीले गरेका थिए ।