तुलसीपुरमा ६ तोला सुनका गरगहना चोरी

दाङ, १२ भदौ । दाङ तुलसीपुरमा ६ तोला सुनको गरगहना चोरी भएको छ ।

             

तुलसीपुर ११ कटाह निवासी नवराज शर्माको घरबाट उनकी दिदी अस्मिता शर्माको गरगहना चौरी भएको हो । अस्मिताले गहना माइती नवराजको घरमा राखेकी थिइन । त्यही क्रममा बुधबार दिउसो ३ बजेतिर गरगहना चोरी भएको हो ।


घरमा कोहि नभएको मौका छोपी गरगहना चोरी गरेको शर्माले बताए । अस्मिताको घर तुलसीपुर १७ हेमन्तपुर बनकट्टी हो । लकर फोडेर चोरी गरेको नवराजले बताए । तल्कालको मूल्य अनुसार गहनालाई करिब ९ लाख पर्छ ।

गरगहना चोरी भएपछि खोजीकालागि प्रहरीलाई समेत खबर गरिएको छ ।