अस्पतालको जग्गा व्यबस्थापन गर्न काँग्रेस चुनबाङको सहयोग

रुकुमपूर्व
१८ मंसिर / नेपाली कांग्रेस भूमे गाउँपालिका वडा नं. ९ चुन्वाङले भूमे अस्पतालको जग्गा व्यवस्थापनकालागि आर्थिह सायहेग गरेको छ । शनिबार गैरीगाउमा एक कार्यक्रमका बीच ५२ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको हो । चुनवाङ स्वास्थ्य चौकी स्तरोन्नती गरी पालिकास्तरिय अस्पतालमा परिणत गर्न लागिएको भन्दै जग्गा व्यबस्थापनकालागि सहयोग प्रदान गरिएको हो ।

वडा सभापति लिल बहादुर पुनका अनुसार पार्टीगत तथा संस्थागत रुपमा सहयोगको जग बसाल्न उक्त कार्यको सुरुवात गरेको बताए । चुनवाङ भित्र क्रियाशिल अन्य राजनीतिक दल तथा संघ संस्थाहरुलाई पनि यो अभियानमा इट्टाहरु थपिदिन समेत उनले अनुरोध गरे । चुनावमा मात्र नभई बिकास निर्माणका कार्यहरुसँगै जनताको आवश्यकता परिपूर्ति गर्न, समस्याहरु समाधान गर्न पनि प्रतिस्पर्धा गर्नुपर्ने उनको भनाई थियो ।


कार्यक्रममा आर्थिक /जग्गा व्यवस्थापन समितिका अध्यक्ष गण बहादुर पुन, माओवादी केन्द्र रुकुम (पूर्व) का सचिवालय सदस्य विनोद बुढा, नेपाली कांग्रेस रुकुम (पूर्व) प्रदेश सभा “ख” का सचीव कमल रोका मगर, नेपाली कांग्रेस भूमे गाउँपालिकाका उपसभापति प्रेम बहादुर पुन लगायतको सहभागिता रहेको थियो ।