दंगीशरणमा मोटरसाइकलको ठक्करबाट ११ वर्षीय बालक घाइते

दाङ, ९ भदौ । दाङको दंगिशरण गाउँपालिका–६ बागरमा मोटरसाइकलको ठक्करबाट ११ वर्षीय बालक आहोन डाँगी घाइते भएका छन् ।

पश्चिमबाट तुलसीपुरतर्फ जाँदै गरेको रा ७ प ८७२२ नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो ।


ठक्करबाट बालकको छाती र दुबै खुट्टामा चोट लागेको छ । बालकको अवस्था मध्यम रहेको र हाल राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिए ।

ठक्कर दिने मोटरसाइकल र चालक, बर्दियाको बारबर्दिया नगरपालिका–६ मानपुर निवासी २५÷२६ वर्षीय आलोप आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।