घर्तीले भने‘उद्योग बाणिज्य संघले महोत्सव लगाउदा चुप लाग्ने, हाम्ले लगाउँदा किन आपत्ति’

तुलसीपुर
१८ मंसिर / तुलसीपुर चेम्बर अफ कर्मशका अध्यक्ष टोपबहादुर घर्तीले आफूहरुले महोत्सव लगाउदा कपडा व्यबसायीरुले आपत्ति जनाउनुका पछाडी रहस्य रहेको बताएका छन् ।

शनिबार महोत्सव स्थल सरसफाई पछि पत्रकारहरुसंग कुरा गर्दै भने‘उद्योग बाणिज्य संघले लगाउँदा कपडा व्यबसायीहरु चुप लाग्नुहुन्छ, तर हाम्ले लगाउँदा आपत्ति जनाउनु हुन्छ, यसमा कसैले उहाँहरुलाई परिचालन गरेको अनुभूति भएको छ ।’


उनले महोत्सवमा कपडा व्यबसायीहरुलाई सटलमा ५० प्रतिशत छुट दिने समेत बताएका छन् । तुलसीपुरमा आफूहरुले पुस १ गतेदेखि १२ गतेसम्म महोत्सव लगाउन लागेको भन्दै त्यसको तयारी प्रक्रिया अघि बढिरहेको समेत उनले बताए ।‘हामीले सबै निकायबाट अनुमति लिइसकेका छौं’, उनले भने‘प्रक्रिया पनि सबै अघि बढिसकेको छ, अब हामीले कुनै पनि हालतमा महोत्सव रोक्ने कुरा हुँदैन ।’

महोत्सव उद्घाटनकालागि अर्थमन्त्री जनार्दन शर्मालाई ल्याउने गरि तयारी भइरहेको उनले बताए । यदि शर्मा आउन नपाउने अबस्था भएमा हालका पर्यटन मन्त्रीलाई वा प्रदेशका मुख्यमन्त्रीलाई ल्याउने तयारी रहेको समेत उनले बताएका छन् । शनिबार महोत्सव सञ्चालन हुने स्थान तुलसीपुरको घोराहीरोड स्थित खाली जग्गामा सरसफाई गरिएको छ । सुरक्षाकर्मीहरु तथा चेम्बर अफ कमर्शको टोलीले सरसफाई गरेको हो ।