अटो जोगाउन खोज्दा तुलसीपुरमा जीप दुर्घटना, १४ घाइते

तुलसीपुर,२६ कात्तिक । दाङको तुलसीपुरमा यात्रुबहाक जीप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुर ३ साजवास कल्लेबाट तुलसीपुरबजार तर्फ आउंदैन गरेको यात्रु वाहक जीप तुलसीपुर ४ मा दुर्घटनामा परेको हो । विपरित दिसाबाट आइरहेको अटोरिक्सालाई जोगाउन खोज्दा दुर्घटनामा परेको हो ।


दुर्घटनामा परी तुलसीपुर ३ का ३५ वर्षीय अम्मर बस्नेत, तुलसीपुर ३ राम्री की ४५ वर्षीय अमृता थापा ,तुलसीपुर ३ सिद्दधाराकी धन कुमारी घर्ती, तुलसीपुर ३ कल्लेका पुष्प बोहरा, तुलसीपुर ३ टुनापानीका ४२ वर्षीय नर बहादुर थापा, तुलसीपुर ३ राम्रीकी २३ वर्षीया टिका कुमारी राना, तुलसीपुर ३ कल्ले का २५ वर्षीय सुवास पुन, कल्ले कै ५ वर्षीय निश्चल पुन, तुलसीपुर ३ राम्री की ४० वर्षीय कमला घर्ती घाइते भएका छन् ।

त्यस्तै तुलसीपुर ३ टुनापानी की शान्ती पुन, टुनापानी कै २२ बर्षीया रेजिना पुन, ३ बर्षीया आकृती पुन, सल्यान कपुरकोट गाउँपालिका वडा नंं.३ धैरेनीकी १७ बर्षीया सुस्मिता बोहरा र वडा नम्बर ४ धनाबांग का २३ वर्षीय करण बोहरा घाइते भएका छन् । घाईतेहरुको अवस्था सामान्य रहेको छ ।