तुलसीपुरको साततलेमा टिप्पर दुर्घटना

तुलसीपुर, ७ भदौ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.३ साततलेमा टिप्पर दुर्घटनामा परेको छ ।

रोल्पाबाट घोराहाीालागि आउदै गरेको रा १ क १२३८ नम्बरको टिप्पर शुक्रबार दिउसो पौने ३ बजेतिर दुर्घटनामा परेको हो ।


टिप्पर अनियन्त्रित भई एकसय मिटर तल खसेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।

दुर्घटनापछि चालक भने फरार छन् ।