आफू कार्यरत क्षेत्रलाई आफ्नो घर सम्झेर काम गर्नुपर्छ : मुख्य न्यायाधीश गौतम

नविन अधिकारी
दाङ, १ मङसिर । उच्च अदालत तुलसीपुर काममा माननीय मुख्य न्यायाधीश नीता गौतम दीक्षितले राष्ट्रसेवक कर्मचारीहरुले आफु कार्यरत क्षेत्रलइ आफ्नो घर सम्झेर इमान्दारी र आनन्दर्पुवक कार्यसम्पादन गर्नुपर्ने बताउनुभएको छ । अफिसर्स क्लव तुलसीपुरले आज आयोजना गरेको नव आगन्तुक कार्यालयका प्रमुखहरुलाई स्वागत तथा विदाई कार्यक्रममा बोल्नुहुदै उहाँले कार्यक्षेत्रलाइ होम अवे फ्रम होम बनाउन सकेमा आफ्नो काममा दत्तचीत हुन सकीने बताउनुभो ।

सरुवा कर्मचारीको परीचय भएकाले यस्लाइ स्वभाबीक रुपमा लिनुपर्ने बताउनुभयो । मुख्य न्यायधिश गौतमले क्लवले स्वागत तथा विदाई र अन्य कार्यक्रम गरेर राष्टसेवककालागि चौतारीको रुपमा काम गरेकाले एक आपसमा आत्मियता समेत बृद्दि गरेको उहाँको भनाई छ। क्लवको मुख्य संरक्षकका नाताले क्लवले आगामी दिनमा अन्य सिर्जनात्मक भूमिका निर्वाह गर्ने कुरामा आफु आशावादी रहेको समेत बताउनु भयो,।

सोही कार्यक्रममा बोल्नुहुदै क्लवका संरक्षक तथा उच्च अदालतका न्यायाधीशहरु नसरुलाह अंसारी, रमेशराज पोखरेल, माधवेन्द्रराज रेग्मीले सिर्जनात्मक र उर्जासिल यथोचित उपयोग गदै जाने अवसरका रुपमा यस क्लवलाई लिने बताउनुभयो। क्लबका मुख्य संरक्षक तथा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले दाङ जिल्ला भौगोलिक हिसाबले ठुलो भएकाले तुलसीपुरमा यस क्लवको महत्व बढी रहेको बताउनुभयो। उहाँले राष्ट्रसेवक सेवक कर्मचारीहरुको मुख्य काम नागरिकहरुलाई छिटो छरितो उत्कृष्ट सेवा प्रवाह गर्नु रहेको बताउनुहुदै थोरै बचेको समयमा सिर्जनसिल काममा लागे व्यक्तित्व विकास हुने बताउनुभयो।

सोहि कार्यक्रममा मुख्य न्यायाधिश दिक्षितले क्लवका संरक्षक तथा न्यायाधिशहरु नसरुलाह अंसारी, रमेशराज पोखरेल, माधवेन्द्रराज रेग्मी तथा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई स्वागत गर्नु भयो। त्यस्तै तुलसीपुर उपमहानरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहन पौडेल, भू तथा जलाधार कार्यालयका प्रमुख कृण्ण पौडेल,नेपाल टेलिकम तुलसीपुरका प्रमुख विजेन्द्र नाथ शुक्ला, नेपाल विद्युत प्राविधिकरण तुलसीपुरका प्रमुख ज्ञानबहादुर फर्साल, नापि शाखा कार्यालय तुलसीपुरका प्रमुख भक्तबहादुर विक, जलश्रोत तथा सिचाई विकास कार्यालयका ईन्जिनियर सन्तोष घिमिरे,, उच्च अदालका शाखा अधिकृतहरु, भुपाल भण्डारी, संगीता सुवेदी, राजेश पौडेल, नवराज भण्डारी प्रकाश विक, सशस्त्र प्रहरी बेस क्याम्प तुलसीपुरका प्रमुख पदम राज भट्ट लगाएतकालाई स्वागत गरिएको थियो।

सोहि अवसरमा सशस्त्र बेस क्याम्प तुलसीपुरबाट सरुवा भएर जान लाग्नु भएका प्रहरी निरिक्षक बेदबहादुर खड्कालाई विदाई गरिएको छ। क्लवका अध्यक्ष तथा ईलाका प्रमुख तुलसीपुरका उपसचिव यज्ञ बहादुर बुढाको अध्यक्षतामा भएको कार्यक्रमा स्वागत क्लवका उपाध्यक्ष नारायणी रजौरे,ले र सहजीकरण क्लवका सचिव गोकर्ण वलीले गर्नु भएको थियो।


प्रसासनीक कार्य तुलसीपुर र लमहीबाटपनी सुरु गरेको जानकारी गराउनुभयो । सरकारी कार्यालयहरुबिच समन्वय नहुदा सानो समस्याले पनी जनताले लामो समय दुखपाउने गरेको बताउनुभयो

कार्यक्रममा क्लवका संरक्षक १९ नम्बर बाहिनी तुलसीपुरका बहिनीपति दिनेश रजौरेले मदन कुमार केसीले नेपाली सेना जनताको सेवामा निरतर लागीरहेको बताउनुभयो । क्लब संग सहकार्य गरेर बिगतका दीनमा दाङ लगायत आसपासका जिल्लाका बिकट स्थानमा स्वास्थ्य सेवा संचालन गरेको अबगत गराउदै उहाले अहिलेपनी सहकार्यगर्न तयार रहेको बताउनुभयो । क्लवका संरक्षक प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङले । सडक डीभीजन कार्यालय,फोरलेन आयोजना, स्थानीय सरकार बिच समय नहुदा जम्मा साडे एकलाख खर्च लागेको पत्रे खोलामा नागरीकहरुले बर्षौ दुख पाए ।

क्लबका सल्लाहकार प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब महानिरीक्षक मुकुन्दराज आचार्यले नयाँ कार्यसमितिलाई स्वागत गर्दै सुभकामना दिनुभएको थियो । सभाले इलाका प्रशासन कार्यालय तुलसीपुरका प्रमुख यज्ञबहादुर बुढाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्बसमतरुपमा चयन गरेको छ, जसको उपाध्यक्षमा नारायणी रजौरे,सचिव टोपवहादुर गाडी, कोषाध्यक्षमा लिलाबाबु सिवाकोटी सचिवमा गोकर्ण ओली रहनुभएको छ ।

त्यसैगरिस दस्यहरूमा टोपेन्द्र कुमार थापा, श्यामु अर्याल, तिलक केसी,मिनराज पाण्डे र माया श्रेष्ठ रहनुभएको छ । कार्यक्रममा आर्थिक वर्ष २०७७/७८को बार्षिक प्रगती पर्तिबेदन महासचिवको अनुपस्थितिमा क्लबका सदस्य पवन कुमार योगीले गर्नुभएको थियो भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष लीला बहादुर सिवाकोटी अस्वस्थ भएका कारण पूर्व महासचिव टोप बहादुर डाँगीले प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा नयाँ सदस्यहरुलाई स्वागत तथा सदस्यता प्रदान गरिएको थियो । क्लबका कार्यबाहक अध्यक्ष नारायणी रजौरेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचीव ललीत घर्तीले गर्नुभएको थियो ।