तुलसीपुरमा लागु औषध ब्राउन सुगर सहित ३ जना पक्राउ

तुलसीपुर,५ भदौ ।
दाङको तुलसीपुरमा लागु औषध ब्राउन सुगर सहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नंम्बर १७ निवासी शान्त राज योगी, तुलसीपुर उपमहानगरपालिका वडा नंम्बर ६ निवासी सरोज डाँगी र सोहि ठाउँ निवासी बिक्रम श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक राम प्रसाद तिमल्सिनाले जानकारी दिनुभएको छ ।


उनिहरुले लागु औषधको कारोबारो गरिरहेका छन् भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी टोली खटिगई खानतलासी गर्दा सरोज डाँगीको पर्स भित्र प्लाष्टिकको पुडिया फेला पारी प्लाष्टिक सहित तौल गर्दा ३ सय ४० मिलिग्राम र प्लाष्टिक हटाई तौल गर्दा २ सय ७० मिलिग्राम लागु औषध सहित आइतबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका हरुलाइ जिल्ला अदालत दाङबाट म्याद थप गरी इलाका प्रहरी कार्यालय तुलसीपुरमा थप अनुसन्धान गरीरहेको प्रहरीले जनाएको छ ।