निर्वाचनको समयमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस

दाङ, १० फागुन ।
निर्वाचन आयोगले फागुन २१ को चुनावलाई लक्षित गर्दै ३ दिन बिदा दिन सरकारलाई सिफारिस गरेको छ । आज आइतबार सरकारलाई पत्र लेखेर आयोगले चुनावमा ३ दिन बिदा दिन सिफारिस गरेको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

आयोगका अनुसार निर्वाचनमा सवै मतदाताको सहभागीताका लागि फागुन २०, २१ र २२ गते गरि तीन दिन बिदा दिन सरकारलाई सिफारिस गरिएको हो ।

यदि आयोगको सिफारिस अनुसार सरकारले विदा स्वीकृत गरेमा लगातार ७ दिन सार्वजनिक विदा हुने भएको छ ।


फागुन १८ र १९ गते दुई दिन होली पर्व, २० देखि २१ निर्वाचन तथा २२ र २३ गते शनिबार र अन्तराष्ट्रिय नारी दिवस पर्ने भएकाले लगातार सात दिन विदा हुने भएको हो ।