एक बर्षमा इप्रका तुलसीपुरका १० प्रहरी विभागिय कारवाहीमा

तुलसीपुर, १ साउन । इलाका प्रहरी कार्यालय तुलसीपुर र मातहतका प्रहरी चौकीहरुमा कार्यरत १० जना प्रहरी विभागिय कारवाहीमा परेका छन् ।

गएको आर्थिक बर्ष २०८०/०८१ मा १० जना प्रहरी विभागिय कारवाहीमा परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुर प्रसाद पोख्रलले बताए । उनका अनुसार नसिहतमा एक जना प्रहरी हवलदार, निलम्बनमा एक जना प्रहरी नायब निरीक्षक कारवाहीमा परेका हुन् ।


त्यस्तै सख्त चेतावनीमा ८ जना कारवाहीमा परेको उनले बताए । जसमा प्रहरी बरिष्ठ नायब निरीक्षक एक जना, प्रहरी नायब निरीक्षक एक जना, प्रहरी सहायक निरीक्षक एक जना, प्रहरी बरिष्ठ हवलदार एक जना, प्रहरी सहायक हवलदार एक जना र प्रहरी जवान दुइजना कारवाहीमा परेका हुन् ।

प्रहरी आचरण विपरित कार्य गरेको भन्दै कारवाही गरिएको प्रहरी नायब उपरीक्षक पोख्रेलले बताए । उनीहरुको कारवाही फुकुवा भइसकेको समेत उनले बताए । यसले प्रहरी भित्रको अनुशासनलाई थप मजवुद बनाउने उनको भनाई छ ।