दाङ
५ मङ्सिर / दाङ क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्यमा गठबन्धनका तर्फबाट उम्मेदवार माओवादी केन्द्रका रेखा शर्माले सुरुवाति अग्रता लिएकी छन् ।
२ हजार ७ सय ८० मत गन्दा ६०४ मतले रेखाले अग्रता लिएकी हुन् । उनले एक हजार ४ सय ५० मत ल्याएकी छन् । भने एमालेका शंकर पोखरेलले ८ सय ४६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिए ।
सुरुवातीमा बंगलाचुलीको २,५,७ र घोराही उपमहानगरपालिकाको १५ र १९ वटा वडाको मतगणना भइरहेको छ । क्षेत्र नं. २ मा एक लाख ३३ हजार ७ सय ४८ मतदाता मध्ये ७९ हजार ४ सय ४६ मत खसेको थियो ।
क्षेत्र नं. २ को जिल्ला समन्वय समिति दाङको हलमा मतगणना भइरहेको छ ।
लाइभदाङ । ५ मंसिर २०७९, सोमबार १५:५९ बजे