तुुलसीपुरमा अटो पल्टिदा पाँच जना घाइते

तुलसीपुर, २९ साउन ।
दाङको तुलसीपुरमा अटोरिक्साद पल्टिदा पाँच जना घाइते भएका छन् ।
घाइते मध्य रोल्पा जिल्लाको रुन्टीगढी गाउँपालिका – ४ की १२ बर्षीया लक्ष्मी पुनलाई बढी चोटपटक लागेको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता प्रहरी निरीक्षक प्रकाश थापाले लक्ष्मीको शरिरमा भित्री चोट रहेको तथा अवस्था मध्यम रहेको जानकारी दिएका छन् ।

दुर्घटनामा परि लक्ष्मीका आमा ३३ बर्षीया सीता पुनपनि घाइते भएकी छन् । त्यस्तै चालक दाङको तुलसीपुर उपमहानगरपालिका – १७ का २२ बर्षीय भूपेन्द्र वली, तुलसीपुर – ७ का २९ बर्षीय शंकर खड्का, तुलसीपुर – १९ की ४१ बर्षीया बुद्धिकला वली घाइते भएका छन् । उनीहरु सबैलाई हात खुट्टामा चोट पटक लागेको भएपनि अवस्था सामान्ने रहेको प्रहरीले जनाएको छ । घाइते सबैको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचार भइ रहेको छ ।


मंगलबार दिउँसो साढे १ बजेतिर तुलसीपुर बजारदेखि बिजौरी तर्फ जाँदै गरेको रा १ ह ७३४६ नम्बरको अटो अनियन्त्रित भइ तुलसीपुरको हात्तीखौवा चोकमा पल्टिएको थियो ।